इजरायलबाट इरानमा हवाई आक्रमण | Khabarhub Khabarhub

इजरायलबाट इरानमा हवाई आक्रमण


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले इरानमा हवाई आक्रमण सुरु गरेको छ । एक महिना अघि इरानले गरेको आक्रमणको प्रतिकार स्वरूप इजरायलले अहिले सो आक्रमण गरेको हो । शनिवार बिहान तेहरानमा धेरै पटक विस्फोटको आवाज सुनिएको थियो ।

एक महिना अघि हिजबुल्लाहका नेता हसन नसरल्लाह लगायत अन्य धेरै नेता मारिए पछि यसको प्रतिक्रिया स्वरूप इरानले इजरायलमा आक्रमण गरेको थियो । यस पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘इरानले धेरै ठूलो गल्ती गरेको छ । आफूलाई कसरी सुरक्षित राख्ने तथा आफ्ना शत्रुहरूलाई कसरी सक्ने भन्ने इजरायलले जानेको छ।’

यस वर्ष इजरायलले धेरै इस्लामिक सैन्य समूहसँग युद्ध गरिरहेको छ । गाजामा हमास, लेबनानमा हिजबुल्लाह तथा यमनमा हुथीसँग इजरायलको लडाइ एकै पटक चलेको छ ।

अमेरिकाले पनि यस आक्रमणबारे प्रतिक्रिया जनाइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमा गरेको आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको जनाएका छन् । इरानमा आक्रमण भइरहेको समयमा प्रधानमन्त्री नेतान्याहु भने तेल अभिभस्थित किरिया सैन्य शिविरको बङ्करमा थिए ।

इजरायलले अहिलेको आक्रमण इरानको ऊर्जा संरचनामा लक्षित नरहेको जनाएको छ ।

एक महिना अघि नै इजरायलले इरानको सैन्य संरचनामा मात्र लक्षित गरेर आक्रमण गर्ने जनाएको थियो । तेल र आणविक संरचनामा आक्रमण नगर्ने इजरायलको भनाइ छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : ३० बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो