इजरायलबाट इरानमा हवाई आक्रमण « Khabarhub

इजरायलबाट इरानमा हवाई आक्रमण


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले इरानमा हवाई आक्रमण सुरु गरेको छ । एक महिना अघि इरानले गरेको आक्रमणको प्रतिकार स्वरूप इजरायलले अहिले सो आक्रमण गरेको हो । शनिवार बिहान तेहरानमा धेरै पटक विस्फोटको आवाज सुनिएको थियो ।

एक महिना अघि हिजबुल्लाहका नेता हसन नसरल्लाह लगायत अन्य धेरै नेता मारिए पछि यसको प्रतिक्रिया स्वरूप इरानले इजरायलमा आक्रमण गरेको थियो । यस पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका थिए, ‘इरानले धेरै ठूलो गल्ती गरेको छ । आफूलाई कसरी सुरक्षित राख्ने तथा आफ्ना शत्रुहरूलाई कसरी सक्ने भन्ने इजरायलले जानेको छ।’

यस वर्ष इजरायलले धेरै इस्लामिक सैन्य समूहसँग युद्ध गरिरहेको छ । गाजामा हमास, लेबनानमा हिजबुल्लाह तथा यमनमा हुथीसँग इजरायलको लडाइ एकै पटक चलेको छ ।

अमेरिकाले पनि यस आक्रमणबारे प्रतिक्रिया जनाइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमा गरेको आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको जनाएका छन् । इरानमा आक्रमण भइरहेको समयमा प्रधानमन्त्री नेतान्याहु भने तेल अभिभस्थित किरिया सैन्य शिविरको बङ्करमा थिए ।

इजरायलले अहिलेको आक्रमण इरानको ऊर्जा संरचनामा लक्षित नरहेको जनाएको छ ।

एक महिना अघि नै इजरायलले इरानको सैन्य संरचनामा मात्र लक्षित गरेर आक्रमण गर्ने जनाएको थियो । तेल र आणविक संरचनामा आक्रमण नगर्ने इजरायलको भनाइ छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ७ : ३० बजे

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई