मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती « Khabarhub

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला व्यवस्थापनमा  चुनौती थपिएको छ । 

मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएका  स्थानमा उचित ढङ्गले फोहरमैला व्यवस्थापन नगरेकाले  फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको हो ।
  
बिगत वर्षभन्दा चालु वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने  भारतीय पर्यटकहरूको आगमन भने बढेको छ । भारतीय पर्यटकहरुकै कारण यहाँ जथाभावी फोहर बढेसँगै व्यवस्थापनमा कठिनाइ भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम कार्यालयका अनुसार झण्डै दैनिक १० हजार भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न  आउने गरेको उल्लेख छ । यहाँ दर्शनार्थी बढेसँगै, राजमार्ग, आसपासका होटलमा पर्यटकको  चहलपहल भने उत्साह जनक  रहेको छ । 

दर्शनार्थीले स्नान गर्दा जथाभावी फोहर मिल्काउने, अनियन्त्रित रुपमा जथाभावी फोहर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतामाथि प्रश्न उठ्न थालेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : १३ बजे

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण