क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माण गर्न माग « Khabarhub

क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माण गर्न माग


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणका लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरपालिकाले नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । 

करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न तीन करोड ५१ लाख लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख अशोक ब्यान्जुले बताए। 

उनका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरपालिका–३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका छन् । 

उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा दुई करोड चार लाख क्षति भएको जनाइएको छ । बाढीपहिरोबाट नगरको १० वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपक्षी तथा केही वडामा मानवीय क्षति पुगेको थियो ।

उक्त घटनामा दुईजनाले ज्यान गुमाएका थिए एक अझै बेपत्ता अवस्थामा छन् । नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार ६४ घर पूर्णरुपमा क्षति तथा पाँच सय ७२ घर आंशिक क्षति भएका छन् । 

यस्तै, सिँचाइ आयोजनामा ५० लाख, आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडकमा क्षति पुगेको छभने १८ लाख बराबरको पशुधन क्षति भएको थियो । नगरपालिकाले निजी आवासबाहेक रु ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १ : ५५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका