पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ « Khabarhub

पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीयस्थल ऐनापहराको आज भ्रमणपछि महासचिव गुरुङले पर्यटनलाई रोजगारीसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिए। 

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको जनाउँदै महासचिव गुरुङले पर्यटन क्षेत्रको विकासमा स्थानीय तहले गरेको कार्य प्रशंसनीय रहेको बताए । गाउँपालिकाले ऐनापहरामा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्ने खालका गतिविधि बढाएकामा उनले खुसी व्यक्त गरे। 

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पूर्वाधार निर्माण गरिएको जानकारी गराए । चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए। उनका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको चुमानको भनाइ छ ।

उनले भने, ‘यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।’ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । 

ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले यस ठाउँमा स्काई साइक्लिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  २ : १४ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको