पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ « Khabarhub

पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताएका छन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीयस्थल ऐनापहराको आज भ्रमणपछि महासचिव गुरुङले पर्यटनलाई रोजगारीसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिए। 

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको जनाउँदै महासचिव गुरुङले पर्यटन क्षेत्रको विकासमा स्थानीय तहले गरेको कार्य प्रशंसनीय रहेको बताए । गाउँपालिकाले ऐनापहरामा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्ने खालका गतिविधि बढाएकामा उनले खुसी व्यक्त गरे। 

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पूर्वाधार निर्माण गरिएको जानकारी गराए । चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए। उनका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको चुमानको भनाइ छ ।

उनले भने, ‘यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।’ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । 

ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले यस ठाउँमा स्काई साइक्लिङ र सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  २ : १४ बजे

प्रेसविरोधी कार्य सैह्य छैन: पत्रकार महासंघ

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर पत्रकार धम्क्याउने व्यक्तिलाई कानुनी कारबाही

बाढीपहिरोको जोखिम बढेपछि कान्ति राजमार्गमा दुईदिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा– अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा