‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिन्छ’ « Khabarhub

‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिन्छ’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने बताएका छन्। उनले आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको विकासका लागि सरकारी तहमा हरसम्भव प्रयास भएको बताए। 

बेँसीसहर नगरपालिका–२ चिसापानी घरबासको आज यहाँ उद्‌घाटन गर्दै सञ्चारमन्त्री गुरुङले घरबासका माध्यमबाट पनि पर्यटन प्रवर्द्धनमा योगदान हुने भएकाले पर्यटकलाई यहाँका मौलिक उत्पादन र सम्पदाबारे जानकारी दिनुपर्छ भने । रोजगारीका अवसर सिर्जनाका साथै त्यसबाट गरिबी घटाउन पनि योगदान पुग्ने उनले बताए। उनले पर्यटकको आगमनबाट विदेशी मुद्रा आर्जन हुने र त्यसले स्थानीयको आर्थिक स्तर उकास्न मद्दत मिल्ने बताए।  

 सञ्चारमन्त्री मन्त्री गुरुङले भने, ‘स्थानीयले होमस्टे चलाउनुपर्छ । बिजुली, सडक, खानेपानीलगायत संरचना निर्माणमा सरकारले सक्दो सहयोग गर्नेछ ।’ 

फरक प्रसङ्गमा उनले पुरानो कृषि प्रणालीले उत्पादकत्व वृद्धि नहुने, कृषिको यान्त्रिकीकरणका साथै व्यावसायिकीकरणमा जोड दिँदै किसान समृद्ध भए मात्र गाउँको समृद्धि सुनिश्चित हुने बताए।

खेतबारी बाँझो नराख्न पनि उनले सबैलाई अनुरोध गरे। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले ग्रामीण पर्यटन विकासका लागि घरबास उपयोगी भएका आफूले पाएको बताए। 

 घरबास सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष मिनमाया गुरुङले ४९ घर रहेको चिसापानी गाउँमा १० घरमा घरबास सञ्चालन भएका जानकारी दिए।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ४ : ०६ बजे

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका