आज २०८१ साल मंसिर ११ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर ११ गते मंगलबारको राशिफल


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर ११ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर २६ तारिख। एकादशी तिथि। उत्पतिका एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। थोरै लगानी गरे पनि आम्दानीको स्रोत बलियो बन्नेछ। समाजमा बोल्दा गम्भीर भएर बोल्नुपर्नेछ। धेरै बोलेमा गोपनीयता भंग हुने जोखिम छ। कृषि सम्बन्धी लगानीबाट फाइदा हुने योग छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले साथ दिनाले मन प्रशन्न हुनेछ। धार्मिक क्षेत्रमा झुकाव मात्र राखेमा सोचेको काम बन्नेछ।

मिथुन : सञ्चित धनको खर्च हुनेछ। आफ्नै साथीबाट असहयोग हुनसक्छ। दाजुभाइको सल्लाह लिएर अगाडि बढेमा सहजता हुनेछ। स्वदेशमा गरेको लगानीमा प्राप्त विकल्पले मन खुशी हुनेछ। बौद्धिक व्यक्तिसँगको भेट फलदायी हुनेछ।

कर्कट : तपाईंले राम्रो सोचे पनि साथीभाइले गलत अर्थ लगाउने जोखिम छ। राज्यबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रमा झुकाव मात्र रहेमा मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा गढबढी हुनेछ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ।

सिंह : प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ। आज गरेको लगानी सार्थक बन्नेछ। परिवारसँग चर्चा र परिचर्चा गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम छ।

कन्या : दिन राम्रो छ। विदेशमा गरेको लगानी फैलिने योग छ। दाजुभाइसँगको गोपनीयताले तपाईंलाई फाइदा हुनेछ। खानपानमा सचेत बन्नु राम्रो हुनेछ। मस्तिष्कमा समस्या हुने भएकाले स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। सामाज सेवाको अवसर मिल्नेछ।

तुला : निजी कला र गलाको प्रदर्शन गर्ने दिन छ। उचित क्षेत्रमा लगानीको लागि निर्णय गरेमा मनमा उत्साह बढ्नेछ। घर बाहिरको खानपानले रोग निम्तने जोखिम हुनेभएकाले खानु अगाडि सचेत बन्नुपर्नेछ। परिवारमा भन्दा घर बाहिर तपाईंको कामको प्रशंसा हुनेछ।

वृश्चिक : ११ औं स्थानमा चन्द्रमाको थोरै अंश बाँकी छ। आज लाभ प्राप्त हुनेछ। बोल्नु अगाडि ख्याल गर्नुपर्ने हुनसक्छ। प्राविधिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बाहिरको खानपानले रोग बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। तपाईंको बोली परोपकारमा लागू गरेमा फाइदा हुनेछ। कानुनी लडाइँमा भए तपाईंले सफलता पाउने योग छ। परिवारको उचित सल्लाह प्राप्त हुनेछ।

मकर : शुभ ग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ। अनुत्पादक क्षेत्रमा बढी खर्च हुनेछ। स्वास्थ्यले साथ दिनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : मध्य साढेसाती दशाले साना कुरामा झन्झट थपिने छ। विपक्षी शान्त भएकाले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। निजी क्षेत्रमा कामको अवसर प्राप्त हुनेछ। रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ।

मीन : साढे सातको सुरुवाती दशा चल्दैछ। बोलीमा फरक आउनसक्छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। साथी र संगठन भन्दा अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ५ : १० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित