नर्भिकमा टाउकोमा पानी जम्ने समस्याको उपचार सुरु  | Khabarhub Khabarhub

नर्भिकमा टाउकोमा पानी जम्ने समस्याको उपचार सुरु 


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालमा टाउकोको पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरूका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु गरिएको छ ।

टाउकोमा पानी जम्ने समस्या भएकाहरूलाई शन्ट शल्यक्रियामार्फत् पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा लगेर पानी सोसाउने गरिन्छ ।

कहिलेकाहीँ जति पानी निस्कनुपर्ने हो निस्कँदैन या पानी बढ्दै जाने हुन्छ । यस्ता बिरामीहरूलाई पुनः शल्यक्रिया गर्नुको साटो छाला बाहिरबाटै टाउकोको पानीलाई नियन्त्रण गर्ने (बढी गर्ने या कम गर्ने) ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट नर्भिकमा उपचार सुरु भएको हो ।

अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा.डा.राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

 ‘अहिलेसम्म यो समस्याको उपचारका लागि बिरामीहरू विदेश जानुपर्ने बाध्यता थियो’, शल्यक्रियामा संलग्न प्रा. डा. झाले भने, ‘टाउकोको पानी बग्ने समस्यामा पटक–पटक पाइप फेर्ने झन्झटबाट मुक्तिका लागि प्रोगामेबल शन्ट सिस्टम सुरु गरेका हौं ।’

यो विधिअनुसार उपचार गर्दा पुनः शल्यक्रिया गर्नुनपर्ने र शन्ट सर्जरीका क्रममा राखिएका पाइपलाई पनि फेर्नु नपर्ने उनले बताए ।

के कारणले जम्छ टाउकोमा पानी ?

टाउकोमा पानी जम्ने समस्यालाई हाइड्रोसेफालस भनिन्छ । जन्मजात मस्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस, टाउकोमा मेनिन्जाइटिस इन्सेफलाइटिसजस्ता संक्रमण, टाउकोमा चोटपटक लागेर (पोस्ट ट्रमाटिक हाइड्रोसेफालस), ब्रेन हेमरेज तथा ब्रेन ट्युमरजस्ता प्रमुख ५ कारणले टाउकोमा पानी जम्न सक्छन् ।

ट्युमरका कारण पानी जमेको छ भने ट्युमर निकालिसकेपछि पानी आफैं बग्छ भने संक्रमण भएको, ब्रेन हेमरेज भएको र जन्मजात मस्तिष्कको समस्या भएको अवस्थामा भने पानी तर्काउनुपर्छ, जसलाई सीएसएफ (सेरेब्रो स्पाइनल फ्लुड) डाइभर्जन सर्जरी भनिन्छ । यस्तो सर्जरीमध्ये एउटाको भीपी शन्ट (भेन्ट्रीकुलोपेरिटोनियल शन्ट) हो, जसमा पाइप टाउकोबाट लगेर पेटमा राखिन्छ । अर्को इन्डोस्कोपिक सर्जरी हो ।

टाउकोमा पानी जम्ने लक्षण के हुन् ?

जन्मजात मस्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस भएकाहरूमा बच्चा जन्मिएपछि टाउकोको आकार ठूलो हुँदै जाने, तालु कडा हुने (सामान्य शिशुमा तालु नरम हुन्छ), बढी रुने, खान गाह्रो मान्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् ।

लामो समय पानी जम्दै गयो भने मस्तिष्कभित्रको दबाबका कारण बच्चा नबोल्ने, आँखा देख्न कम हुने र अन्त्यमा दृष्टिविहीनसम्म हुने हुन्छ । यदि शिशुहरूको टाउको असामान्य रूपमा ठूलो छ, अरु शिशुजस्तो हाँस्ने तथा दूध पिउने गर्दैनन् या बढी रुने गर्छन् भने टाउकोमा पानी जमेको लक्षण हुन सक्छन्, बेलैमा ध्यान पुर्‍याउनुपर्छ ।

वयस्कमा पनि टाउको दुख्ने, बान्ता हुने, आँखा तिरिमिरी हुने, हिँड्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् भने वृद्धवृद्धामा पिसाब नियन्त्रण गर्न नसक्ने, स्मरणशक्ति ह्रास भएर जाने, हिँडडुल गर्न नसक्ने हुन्छन् । सिटी स्क्यान, एमआरआई तथा अल्ट्रासाउन्ड

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  २ : ३६ बजे

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता माओवादी प्रवेश 

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताहरू नेकपा माओवादी

स्वर्गद्वारी गुठीका मोही किसान थाल ठटाउँदै सडकमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– स्वर्गद्वारी गुठीका किसानहरूले काठमाडौंमा थाली राखेर विरोध प्रदर्शन गरेका

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

त्रिवेणी – यहाँको चौरजहारी नगरपालिका–६ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत

अध्यादेशले तानातानमा उपेन्द्र यादव, भन्छन्- कता उभिने निर्णय भइसकेको छैन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारद्वारा गत

‘सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो’

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालले