आज २०८० साल माघ १३ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल माघ १३ गते शनिबारको राशिफल


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ १३ गते शनिबार तदनुसार सन् २०२४ जनवरी २७ तारिख। माघ कृष्ण पक्षको द्वितीया तिथि। मानस योग कर्कटको चन्द्रमा १८ अंशमा। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोलीमा मिठास छ। धेरैको मन जित्ने काम गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। नयाँ ठाउँको यात्रा गर्नाले खर्च बढ्नेछ। हरेक क्षेत्र सबल छन्। धन खर्च हुने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। सोचेको भन्दा राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानी फस्ने खतरा देखिन्छ। परिवारबाट भने साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : चन्द्रमाको उदय भएकाले दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। वर र पिपलमा पानी चढाएर शनिबार शनिदेवसँग प्रार्थना गर्नाले उन्नति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा सहजता मिल्नेछ। परिवारको साथ पाइने छ।

सिंह : दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट भने असन्तोषको आवाज सुन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्धमा झगडा हुने देखिन्छ।

कन्या : तपाईंले संघर्ष गर्नुपर्ने छ। हरेक क्षेत्र सबल भएकाले प्रयास भने लगातार गर्नुपर्ने देखिन्छ। गुरुबाट असहयोग भए पनि परिवारबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ।

तुला : आजको समय राम्रो छ। तपाईंलाई साथ दिने धेरै छन्। हिम्मत गर्ने दिन छ। शिक्षामा गरेको मेहनत अधुरै भएकाले ठुलो लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ हुनाले दिन रमाइलो नै हुनेछ।

वृश्चिक : समय सामान्य छ। आफ्नै साथीले कुरा काट्ने छन्। असफल पारेर हाँस्नेसँग सचेत हुनुपर्ने देखिन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साहा मिल्नेछ। परिवारको साथ रहने छ। राम्रो कामको सुरुवात गरेमा सफलता मल्नेछ।

मकर : दिन सामान्य छ। अचानक धन खर्च हुनेछ। सत्य बोले पनि गलत अर्थ लगाउने धेरै देखिन्छन्। शनि देवको छाया योग रहेकाले वर र पिपलको दर्शन मात्र गरेमा ठुलो उन्नति हुनेछ।

कुम्भ : समय सामान्य राम्रो छ। दान गरेमा काम बन्नेछ। दान नगरी कामको सुरुवात गरेमा आरोप लाग्ने देखिन्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

मीन : दिन राम्रो छ। मनमा उत्साहा र उमंग रहने योग छ। परोपकार गरेमा हरेक क्षेत्र सबल बन्नेछन्। समयको सदुपयोग नगरेमा पछुतो हुनेछ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ५ : १० बजे

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि