थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा « Khabarhub

थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भुटानको पारो फुटबल क्लबलाई अतिरिक्त समयमा दुई गोलले पराजित गरेपछि थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थ्रीस्टारका अनिष चापागाईंले अतिरिक्त समयको २६ र २९औँ मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार साविक विजेता संकटा एफसी र विभागीय टोली त्रिभुवन आर्मीबीच हुने दोश्रो क्वार्टरफाइनल हुनेछ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : ०७ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ