कालो ओठ कसरी गुलाबी बनाउने ? « Khabarhub

कालो ओठ कसरी गुलाबी बनाउने ?


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा हुन् वा युवती हरेकले आफ्नो ओठ गुलाबी र आकर्षक होस् भन्ने चाहन्छन् । केटी मान्छेको गुलाबी ओठको त कवि तथा गीतकारले पनि निकै प्रशंसा गर्ने गर्छन् ।

तर अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धुमपान असरले ओठ कालो भइदिन्छ । चुरोटको सेवन, महिलाको हकमा थरी थरीका लिपिस्टिक लगाउँदा र कफीको अत्यधिक सेवनले पनि ओठ कालो हुन्छ ।

पछिल्लो समय गुलाबी ओठ बनाउनका लागि युवा युवतीहरू विभिन्न प्रकारका कस्मेटिक सामग्रीहरूको प्रयोग गर्ने गर्छन् । यसरी साइड इफेक्ट गर्ने गरेको पनि धेरै उदाहरणहरू देख्न सकिन्छ ।
गुलाबी ओठ बनाउन केही घरेलु नुस्का पनि अपनाउन सकिन्छ । जुन सामग्री र तरिका यस्ता छन्–

गुलाबको पात : गुलाबको पातलाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाएर बनेको घोललाई नियमित रूपमा राती सुत्ने समयमा ओठमा लगाउने र बिहान धुने गरेमा ओठ गुलाबी र चम्किलो हुन्छ ।

चिनी र जैतुनको तेल : एक चम्चा चिनीमा जैतुनको केही थोपा तेल मिसाएर लेप बनाई ओठमा हल्का रगड्ने यसो गर्दा ओठका पुराना कोशिका बिस्तारै हट्छ र ओठको सौन्दर्य बढ्छ ।

तिलको तेल र बेसारको लेप : थोरै बेसारमा तिलको तेल मिलाएर लेप बनाई ओठमा लगाएर हल्का मसाज गर्ने । त्यसपछि ३० मिनेटसम्म छाडिदिने । त्यसपछि मन तातो पानीले धुने ।  यो प्रक्रिया दिनमा एक पटक गर्दा बिस्तारै कालो ओठ गुलाबी ओठमा परिणत हुन्छ ।

कागती : कागती निचोरेको खोस्टोले बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउने गर्दा पनि ओठ गुलाबी हुन्छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ०१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००