वाफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र लेवनान भिड्ने « Khabarhub

वाफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र लेवनान भिड्ने


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् ।

साउदी अरेबियामा जारी च्याम्पियनसिपमा आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दैछ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जोर्डन समुह ‘ए’ मा तिनै खेलमा विजयी भएर समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समुह ‘बी’ मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ४२ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति