पर्वतमा २० किलोमिटर सडक कालोपत्र हुँदै | Khabarhub Khabarhub

पर्वतमा २० किलोमिटर सडक कालोपत्र हुँदै


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र हुने भएको हो । 

जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार दक्षिण पर्वतको चिसापानी–हातेमालोचोक–त्रिवेणी–पोखरचौर सडक खण्ड कालोपत्र सम्पन्न भइसकेको छ । कुश्मा नगरपालिका–१ पाङ नुवारदेखि वडा नं २ को हिमालय माविसम्मको छ किलोमिटर लामो सडक कालोपत्रको काम भइरहेको छ । 

यो सडकका लागि यस वर्ष रु आठ करोड विनियोजन भएकामा अहिलेसम्म २० प्रतिशत काम भइसकेको कार्यालयले जनाएको छ । मोदी गाउँपालिकाको शेराबेँसी मोहोरिया हुँदै झिलिबराङ जाने सडक दुई किलोमिटर कालोपत्र हुने छ भने मख ठूलीपोखरी–देउपुर सडक पनि दुई किलोमिटर कालोपत्र गर्नेगरी योजना सुरु भइसकेको छ । यी दुवै योजनाका लागि रु दुई करोड ५० लाखको दरले बजेट विनियोजन भएको छ । 

कार्यालयका अनुसार मिलनचोक–धाइरिङ–घाखेत सडकअन्तर्गत यस वर्ष आठ किलोमिटर कालोपत्र हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत रहेको यो सडक लामो समयदेखि अलपत्र रहकामा गत असोजदेखि धमाधम निर्माण भइरहेको छ । यसवर्ष काम सम्पन्न हुने अपेक्षा गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिएका छन् । 

यसैगरी, मोदी गाउँपालिकाको रतिखोला–दराक चित्रे सडक पनि कालोपत्रको चरणमा रहेको छ । तेह्र किलोमिटर लामो यो सडक कालोपत्रका लागि समपूरक बजेटबाट रु १८ करोड विनियोजन भएको छ । चालू आर्थिक वर्षको ठूलो योजनाका रुपमा रहेको यो सडक यस वर्ष सम्झौता मात्र गर्न सकिने र अर्को आर्थिक वर्षदेखि कालोपत्रको काम सुरु गरिने भएको छ । 

त्यसैगरी, फलेवास नगरपालिकाअन्तर्गत हिलेखोला–कार्कीनेटा–थापाठाना–फलेवास सडक खण्डमा पनि चार किलोमिटर सडक कालोपत्र हुने भएको छ । यो सडकको पनि ठेक्का लागिसकेको छ । उक्त सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । 

यसैगरी, गँगटे– आर्थर सडक खण्डमा पनि कालोपत्रका लागि काम सुरु भएको छ । पाँच करोड विनियोजन भएकामा यस वर्ष झन्डै दुई किलोमिटर सडक कालोपत्र नै हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

यो सडक निर्माणको काम धमाधम भइरहेको उनको भनाइ  छ । कालोपत्रबाहेक विभिन्न सडक ढलान गर्ने योजना पनि रहेका छन् । रु ३० लाखभन्दा कम बजेट विनियोजन भएका सडक ढलान गर्ने योजना पनि धमाधम सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । पर्वतमा यसवर्ष एक सय ३२ वटा पूर्वाधारका योजना रहेको र तीमध्ये अधिकांश योजना कार्यान्वयनमा गइसकेका छन् । 

जनशक्तिको अभावका कारण कतिपय योजनाको विस्तृत सर्भेक्षण गर्न र बेलपत्र आह्वान गर्न समस्या भइरहेको अधिकारीले बताए । पर्वतमा यस वर्ष प्रदेश र संघीय सरकारबाट गरी पूर्वाधार योजनाका लागि रु एक अर्ब नौ लाख बराबर बजेट विनियोजन भएको थियो ।

जसमध्ये नौवटा क्रमागत योजना, दुईवटा कृषि सडक, १४ वटा संघीय सरकारद्वारा हस्तान्तरित र प्रदेश सरकारका नयाँ ९४ वटा योजना रहेका छन् । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : ३९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य