साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपालमा « Khabarhub

साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपालमा


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुनको तेस्रो सातादेखि सुरु हुने  साफ यु–१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपाल आइपुगेको छ । 

मंगलबार नेपाल आएको भुटानको टिमलाई त्रिभुवन बिमास्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गर्नुभएको थियो । प्रतियोगिता फागुन १८ देखि २८ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ । यसपटक आयोजक नेपालसहित चार राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै छन् । 

नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ । लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ । साफ यु–१६ प्रतियोगीताको एन्फाले तयारी गरिरहेको प्रवक्ता शाहले बताए  । 

यसपटक यु–१६ उमेरसमूहको प्रतिस्पर्धामा पनि सबै टोलीले एकअर्कासँग समान एक–एक खेल्नेछन् भने शीर्ष दुई टोलीले उपाधीका लागि प्रतिष्पर्धा गर्ने एन्फाले जनाएको छ । प्रतियोगीतामा नेपाल भारत, भुटान र बंगलादेशले सहभागीता जनाउनेछन् । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र