माओवादी बैठक : राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने माग « Khabarhub

माओवादी बैठक : राष्ट्रियसभा अध्यक्ष पाउनुपर्ने माग


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने र यसका लागि पार्टी अध्यक्षले गठबन्धनमा अडान राख्नुपर्नेमा सदस्यहरूले जोड दिएका हुन् ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्नेमा जोड दिएको र यस विषयमा बुधबारको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए ।

बैठकमा कांग्रेस महासमिति बैठकमा गठबन्धनका बारेमा उठेका विषयमा पनि सदस्यहरूले चासो राखेको उनले बताए । बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले धारणा राख्ने र आवश्यक निर्णय गरेर बैठक समापन हुने उनको भनाइ छ ।

स्थायी कमिटीमा नेताहरूको कार्यविभाजन, पार्टीको अभियानको समीक्षा र आगामी अभियानका बारेमा निरन्तर छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ११ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना