लागूऔषधसहित चारजना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित चारजना पक्राउ


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन् । 

झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ६० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-८ बस्ने २१ वर्षीय अजय राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ मिलिग्रामसहित खोटाङ खोटेहाङ गाउँपालिका-८ बस्ने १९ वर्षीय शिशिर थापालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजार सिमा नाकास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका५ हसनपुर बस्ने २६ वर्षीय सुरज शाहीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

दाङको लमही नगरपालिका५ हस्पिटल चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित सोही नगरपालिका६ देउपुर बस्ने २२ वर्षीय सरोज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।      

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ५ : २७ बजे

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा