मिटरब्याज पीडितद्वारा आफ्ना ६ बुँदे मागबारे सरकारलाई जानकारी « Khabarhub

मिटरब्याज पीडितद्वारा आफ्ना ६ बुँदे मागबारे सरकारलाई जानकारी


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय मार्च गर्दै काठमाडौं आएका मिटरब्याज पीडितहरूले आफ्ना ६ बुँदे मागबारे सरकारलाई जानकारी गराएका छन् । 

मंगलबार गृहमन्त्रालयमा भएको वार्ताका क्रममा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आफ्ना मागका बारेमा सरकारी वार्ता टोलीलाई जानकारी गराएको हो ।

आफूहरूको मागका बारेमा जानकारी गराएपनि सरकार सकारात्मक नदेखिएको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए । 

उनले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका माग गरेको बताए । उनले अव सरकारसँग वार्ताका साथै आन्दोलन पनि निरन्तर चल्ने जानकारी दिए ।

गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको थियो । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ०१ बजे

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा

सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।

अर्थतन्त्रको विकास र विस्तार गर्न सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र

कमजोर भीएफएक्स लिएर झुल्किए एक्सन हिरो निखिल

काठमाडौं – हिरो निखिल उप्रेतीको फिल्म रिलिज भएको ७ वर्ष