डडेल्धुराको रंगुन खोलामा बेहोस फेला परेका युवकको मृत्यु | Khabarhub Khabarhub

डडेल्धुराको रंगुन खोलामा बेहोस फेला परेका युवकको मृत्यु


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

धनगढी । डडेल्धुराका एक युवकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु विकको मृत्यु भएको हो।

उनको घर डोटीको जोरायल गाउँपालिकाका–१ भानाकोट रहेको प्रहरीले बताएको छ। बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको डडेल्धुरा प्रहरीले बताएको छ। उनी ट्याक्टर चालक हुन्। ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए।

सहचालकले खबर गरेपछि घटनास्थलबाट उनलाई एम्बुलेन्समा राखेर जोगबुढा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : ५७ बजे

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई नयाँ

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली– कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको