दीपिकालाई हलिउड फिल्ममा लिने बिनको संकेत ! « Khabarhub

दीपिकालाई हलिउड फिल्ममा लिने बिनको संकेत !


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउड नायक बिन डिजेलले बलिउड नायिका दीपिका पादुकोणलाई फेरि सम्झिएका छन् । उनले इन्टाग्राममा दीपिकाको निमन्त्रणामा भारत आउँदा खिचेको फोटो सार्वजनिक गरेपछि यो विषयले चर्चा बटुलेको छ । 

उनले सन् २०१७ मा भारत भ्रमणको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘मैले दीपिकालाई भारत भ्रमण गर्ने बाचा दिएको थिएँ । मैले सो बाचा पूरा गरेँ ।’ 

बिन र दीपिकाले सन् २०१७ मा प्रदर्शनमा आएको हलिउड फिल्म ‘एक्सएक्सएक्स: रिटर्न अफ जेन्डर केज’मा सहकार्य गरेका थिए । बिनका अनुसार सोही बेला दीपिकाले दिएको निम्तो मान्न उनी भारत आएका थिए । उनीसँग फिल्मका निर्देशक डीजे कारुसो पनि आएका थिए । 

बिनले दीपिकालाई सम्झिएर गरेको पोस्ट चर्चामा आउनु दुई कारण छ । पहिलो कारण उनी दिपिकालाई एक्सन नायिकाका रुपमा मन पराउँछन् । उनी दीपिकाको ‘फ्यान’समेत हुन् । अर्को कारण भने उनले सोही पोस्टमार्फत आगामी फिल्ममा दीपिकासँग सहकार्य गर्न सक्ने संकेत गरेका छन् । 

साथै उनले एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’का निर्देशक  डीजे कारुसो अर्को फिल्ममा काम गर्न लागेको समेत जानकारी दिएका छन् । दिदी–भाइको भावनात्मक कथामा आधारित सो स्क्रिप्ट पढेर आफ्नो छोरी रोएको उनले जानकारीसमेत दिए । आफ्नी छोरीले नायिकामा जेनिफर लरेन्स राख्न सुझाव दिएको बताउँदै उनले कुन नायिका राख्दा उचित होला भनेर फ्यानसँग प्रश्न समेत गरेका छन् । 

धेरैले बिनको यो पोस्टलाई आगामी फिल्ममा दीपिकालाई लिन सक्ने संकेत देखाएको रुपमा बुझेका छन् । दीपिका र बिनलाई लिएर फिल्म बनाएका निर्देशककै आगामी प्रोजेक्ट भएकाले पनि यो आशंका सत्य नजिक छ । 

यद्यपि बिन र दीपिका मिल्ने साथी भएकाले उनले सम्झना गरेको मात्रै पनि हुन सक्छ । बिनले फिल्मको नाम भने खुलाएका छैनन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३४ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु