दीपिकालाई हलिउड फिल्ममा लिने बिनको संकेत ! « Khabarhub

दीपिकालाई हलिउड फिल्ममा लिने बिनको संकेत !


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउड नायक बिन डिजेलले बलिउड नायिका दीपिका पादुकोणलाई फेरि सम्झिएका छन् । उनले इन्टाग्राममा दीपिकाको निमन्त्रणामा भारत आउँदा खिचेको फोटो सार्वजनिक गरेपछि यो विषयले चर्चा बटुलेको छ । 

उनले सन् २०१७ मा भारत भ्रमणको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘मैले दीपिकालाई भारत भ्रमण गर्ने बाचा दिएको थिएँ । मैले सो बाचा पूरा गरेँ ।’ 

बिन र दीपिकाले सन् २०१७ मा प्रदर्शनमा आएको हलिउड फिल्म ‘एक्सएक्सएक्स: रिटर्न अफ जेन्डर केज’मा सहकार्य गरेका थिए । बिनका अनुसार सोही बेला दीपिकाले दिएको निम्तो मान्न उनी भारत आएका थिए । उनीसँग फिल्मका निर्देशक डीजे कारुसो पनि आएका थिए । 

बिनले दीपिकालाई सम्झिएर गरेको पोस्ट चर्चामा आउनु दुई कारण छ । पहिलो कारण उनी दिपिकालाई एक्सन नायिकाका रुपमा मन पराउँछन् । उनी दीपिकाको ‘फ्यान’समेत हुन् । अर्को कारण भने उनले सोही पोस्टमार्फत आगामी फिल्ममा दीपिकासँग सहकार्य गर्न सक्ने संकेत गरेका छन् । 

साथै उनले एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’का निर्देशक  डीजे कारुसो अर्को फिल्ममा काम गर्न लागेको समेत जानकारी दिएका छन् । दिदी–भाइको भावनात्मक कथामा आधारित सो स्क्रिप्ट पढेर आफ्नो छोरी रोएको उनले जानकारीसमेत दिए । आफ्नी छोरीले नायिकामा जेनिफर लरेन्स राख्न सुझाव दिएको बताउँदै उनले कुन नायिका राख्दा उचित होला भनेर फ्यानसँग प्रश्न समेत गरेका छन् । 

धेरैले बिनको यो पोस्टलाई आगामी फिल्ममा दीपिकालाई लिन सक्ने संकेत देखाएको रुपमा बुझेका छन् । दीपिका र बिनलाई लिएर फिल्म बनाएका निर्देशककै आगामी प्रोजेक्ट भएकाले पनि यो आशंका सत्य नजिक छ । 

यद्यपि बिन र दीपिका मिल्ने साथी भएकाले उनले सम्झना गरेको मात्रै पनि हुन सक्छ । बिनले फिल्मको नाम भने खुलाएका छैनन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३४ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र