राष्ट्रियसभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल | Khabarhub Khabarhub

राष्ट्रियसभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताएका छन् । 

बुधबार चितवनको  इच्छाकामना–४ कुरिनटारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘तपाईंहरुकै कारण आज म राष्ट्रियसभा  अध्यक्ष भएको छुँ, तपाईँहरूले गरेको विश्वासलाई आत्मसात् गरेर पदीय दायित्व र मर्यादालाई ध्यानमा राख्दै राष्ट्रियसभाको गरिमालाई उँचो पार्ने गरी काम गर्नेछु ।’

अध्यक्ष दाहालले इच्छाकामनाको भूगोलप्रति आफू परिचित रहेको र यहाँको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले २०६४ सालमा इच्छाकामनाका माथिल्लो भेगमा मोटरबाटो नभएकामा आफू निर्वाचित भइसकेपछि सडक निर्माणलगायत विकासका कामको सुरुआत गरेको बताए। 

उनले चुनावमा गरेको बाचाअनुसार दोस्रो पटकको निर्वाचनमा गाडी चढेर मतदाता कहाँ पुगेको स्मरण गरे ।

‘२०६४ निर्वाचनमा माथिल्लो भेगमा कतै पनि सडक सञ्जाल पुगेको थिएन मैले निर्वाचनमा अर्को पटक भोट माग्न आउँदा गाडी चढेर आउँछु भनेको थिएँ’, उनले भने, ‘दोस्रो पटक निर्वाचनमा भोट माग्न जाँदा  गाडी चढेर गएँ । साबिक चार गाविसमध्ये चण्डी भञ्ज्याङ गाविस भवनबाहेक अन्य स्थानमा मोटरबाटो पुर्‍याउन सफल भएँ ।’ अध्यक्ष दाहाललाई नेकपा (माओवादी केन्द्र)इच्छाकामना गाउँ कमिटीले  सम्मान गरेको थियो । 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ५४ बजे

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ