राष्ट्रियसभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल « Khabarhub

राष्ट्रियसभाको गरिमालाई उँचो बनाउँछु : अध्यक्ष दाहाल


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताएका छन् । 

बुधबार चितवनको  इच्छाकामना–४ कुरिनटारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘तपाईंहरुकै कारण आज म राष्ट्रियसभा  अध्यक्ष भएको छुँ, तपाईँहरूले गरेको विश्वासलाई आत्मसात् गरेर पदीय दायित्व र मर्यादालाई ध्यानमा राख्दै राष्ट्रियसभाको गरिमालाई उँचो पार्ने गरी काम गर्नेछु ।’

अध्यक्ष दाहालले इच्छाकामनाको भूगोलप्रति आफू परिचित रहेको र यहाँको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले २०६४ सालमा इच्छाकामनाका माथिल्लो भेगमा मोटरबाटो नभएकामा आफू निर्वाचित भइसकेपछि सडक निर्माणलगायत विकासका कामको सुरुआत गरेको बताए। 

उनले चुनावमा गरेको बाचाअनुसार दोस्रो पटकको निर्वाचनमा गाडी चढेर मतदाता कहाँ पुगेको स्मरण गरे ।

‘२०६४ निर्वाचनमा माथिल्लो भेगमा कतै पनि सडक सञ्जाल पुगेको थिएन मैले निर्वाचनमा अर्को पटक भोट माग्न आउँदा गाडी चढेर आउँछु भनेको थिएँ’, उनले भने, ‘दोस्रो पटक निर्वाचनमा भोट माग्न जाँदा  गाडी चढेर गएँ । साबिक चार गाविसमध्ये चण्डी भञ्ज्याङ गाविस भवनबाहेक अन्य स्थानमा मोटरबाटो पुर्‍याउन सफल भएँ ।’ अध्यक्ष दाहाललाई नेकपा (माओवादी केन्द्र)इच्छाकामना गाउँ कमिटीले  सम्मान गरेको थियो । 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ५४ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६