गणतन्त्रमा बोल्न पनि नपाइने हो गृहमन्त्रीज्यू ? « Khabarhub

गणतन्त्रमा बोल्न पनि नपाइने हो गृहमन्त्रीज्यू ?


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई माता बताउँदै आएकी सविता आचार्यले गणतन्त्रमा बोल्न नपाइने हो ? भनेर गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेकी छन् । गृहमन्त्रीको बारेमा भविष्यवाणी गर्दा असन्तुष्ट पक्षले उनलाई जिउँदै श्रद्धाञ्जली दिएका थिए । 

बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई जिउँदै रहँदा आएको श्रद्धाञ्जलीले जिउनु र मर्नु बनाएको दुःख व्यक्त गरेकी छन् । साथै उनले जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेहरूले आफूलाई टर्चर दिएको बताएकी छन् । 

के यो देशमा कानुन छैन ? जिउँदोलाई यसरी मार्न पाइन्छ ? उनले सरकारलाई प्रश्न गरेकी छन् । साथै उनले यसप्रकारको हर्कतले विक्षिप्त बनाएको भन्दै आफ्नो पीडा कसलाई सुनाउ भनेर दुखेसो पोखेकी छन् । 

उनले लेखेकी छन् – यो के हो ? मैले के अपराध गरें ? मैले त देखेको भबिस्यबाणी पो गरेकि हूँ त ? के बोल्न पाईन्न र यो गणतन्त्रमा ? म कसै विरुद्ध बोलेको हैन नि मैले त भबिस्यबाणी गरेकी हुँ तर मलाई यस्ता तस्बिर बनाएर टचर दिन कसले लगायो हँ ? जिउंदै मार्न खोज्नेहरुलाई भगवान् ले फल दिनुहुन्छ केहि समय पर्खनु । के यो देशमा कानुन छैन त ? जिउदोलाई यसरी मार्न पाईन्छ त यहाँ ? मैले भ्रष्टाचार गरें कि, मैले सहकारी ठगें की, दुनिया नौटंकी गरें कि हँ ? मैले डवल नागरिक्ता रांखे कि ? मत देशको भबिस्यबाणी गरिरहेकी छु लगभग २० बर्ष अगाडि देखि के हो यो ? मर्नु न बाँच्नु बनाएका छन् म तपाईंलाई कसरी सुनाम ? कहाँ सुनाम कहाँ छ सरकार ? को छ गृहमन्त्री ? के छ कानुन ??

सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ । 

त्यस्तै, नेपालको संविधान २०७२ को धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । धारा १७ (२) (क) मा प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने’ उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : ३० बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा