बाल्टिमोरको पुल भत्किँदा छ जनाको मृत्यु « Khabarhub

बाल्टिमोरको पुल भत्किँदा छ जनाको मृत्यु


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा बेपत्ता भएका छ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । 

दुर्घटना भएको १२ घण्टाभन्दा बढी भइसकेकोले बेपत्ता निर्माण श्रमिक पानीमा जीवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ । 

पानीको तापक्रम अधिक चिसो रहेको र खराब सामुद्रिक मौसमबिचमा बेपत्ता व्यक्तिहरू जीवित भेटिने सम्भावना नरहेको रियर एडमिरल श्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताए। 

क्षतिग्रस्त २.६ किलोमिटर लामो इन्टरस्टेट-६९५ पुलमा पानीजहाजको सिङ्गापुरको ध्वजाबाहक कन्टेनर जहाजले ठक्कर दिएपछि पुल मर्मतमा खटिएका करिब २० कामदार पानीमा फसेको प्रारम्भिक अनुमानमा गरिएको थियो । 

स्रोतका अनुसार दुर्घटनामा परि बेपत्ता भएका सबै व्यक्तिहरू सडक मर्मत सम्भारमा खटिएका कामदारहरू थिए । 

पाटापस्को नदीबाट यसअघि अन्य दुई जनालाई उद्धार गरिएको थियो, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

उक्त पुल सन् १९७७  मा यातायात सहजताको लागि निर्माण गरिएको र प्रत्येक वर्ष लगभग एक  करोड १५ लाख सवारी साधनहरू यस पुलबाट आवतजावत गर्ने गरेको स्रोतले जनाएको छ । 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : ४३ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले