चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत वृद्धि « Khabarhub

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत वृद्धि


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस  वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्यांकले देखाएको छ । तथ्यांकले सन् २०२३ मा दर्ता भएको २.३ प्रतिशतको गिरावटलाई उल्टाएको एनबीएसले जनाएको छ ।

करिब दुई करोड युआन २० लाख ८२ हजार (अमेरिकी डलर) को मुख्य वार्षिक व्यापार राजस्व भएका औद्योगिक कम्पनीको यस अवधिमा संयुक्त नाफा नौ खर्ब १४ अर्ब ६० लाख युआन पुगेको जनाइएको छ  । 

एनबीएसद्वारा अनुगमन गरिएका ४१ वटा औद्योगिक वर्गीकरणमध्ये २९ वटाको नाफामा वृद्धि भएको छ । उपकरण निर्माण क्षेत्रको नाफा जनवरीदेखि फेब्रुअरीको अवधिमा तीव्र गतिमा बढ्दै गएको तथ्यांकले देखाएको छ । 

यस क्षेत्रको संयुक्त मुनाफा वर्षमा २८.९ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्षको वृद्धि दरको तुलनामा २४.८ प्रतिशत बढी हो । 

 यस वृद्धिले देशको औद्योगिक नाफामा ६.७ प्रतिशत योगदान गरेको छ । जसले उपकरण निर्माण क्षेत्रलाई सबैभन्दा ठूलो योगदानकर्ता बनाएको  एनबीएसले जनाएको छ । 

देश र विदेश दुबै क्षेत्रबाट मागमा वृद्धि भएको उपभोग्य वस्तु निर्माण उद्योगका लागि नाफाले वर्षको पहिलो दुई महिनामा द्रुत तथा अपेक्षाकृत वृद्धि रेकर्ड गरेको छ । गत वर्ष दर्ता गरिएको १.१ प्रतिशतको गिरावटलाई उल्ट्याउँदै यस अवधिमा उद्योगको नाफा १२.९ प्रतिशतले बढेको हो । 

प्रमुख औद्योगिक उद्यमहरूको संयुक्त परिचालन राजस्व वर्षमा ४.५ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको वार्षिक राजस्व वृद्धिको तुलनामा ३.४ प्रतिशतले बढी हो ।  

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ३ : १४ बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा