जर्मनीमा बाल गरिबीको दर उच्च « Khabarhub

जर्मनीमा बाल गरिबीको दर उच्च


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीमा बाल गरिबीको दर उच्च देखिएको छ ।  सन् २०२२ मा पाँचमध्ये एक बालबालिका गरिबीबाट प्रभावित भएको जर्मनीको कल्याणकारी सङ्घले उल्लेख गरेको छ ।

जर्मनीका छ वटा केन्द्रीय स्वैच्छिक कल्याणकारी सङ्घहरूमध्ये एक ‘परितातिशे जेसमट्वरब्यान्ड’ को प्रतिवेदनका अनुसार युरोपमा करिब एक करोड ४२ लाख मानिस गरिबीमा बाँचिरहेका छन् । 

यसको प्रत्यक्ष असर एकल अभिभावक, ठूलो परिवार र थोरै शैक्षिक योग्यता भएका वा जर्मन नागरिकता नभएका मानिसहरूमा परिरहेको छ । सन् २०२२ मा जर्मनीमा गरिबी धेरै उच्च स्तरमा रहेको र अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या केही कम भए पनि २०१९ को कोभिड-१९ महामारी र ऊर्जा संकट अघिको तुलनामा अझै १० लाख बढी रहेको संस्थाको प्रबन्ध निर्देशक उलरिच स्नाइडरले बताए । 

सरकारले विगत दुई वर्षमा कर कटौती र ऊर्जा मूल्य राहत उपायहरूका तीव्र रूपमा बढ्दो मूल्यहरूको प्रतिरोध गरेको छ । न्यूनतम पारिश्रमिक पनि दुई चरणमा गरी १०.४५ युरो बढाइएको थियो । 

यद्यपि जेसमट्वर ब्यान्डले यस पारिश्रमिक मूल्यलाई अपर्याप्त मानेको छ र न्यूनतम पारिश्रमिकलाई युरोमा बढाउन आह्वान गरिरहेको छ । संस्थाले बालबालिकालाई गरिबीबाट जोगाउन  बाल बीमाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

सन् २०२५ सम्ममा बाल संरक्षण लागू गर्न जर्मन सरकार प्रतिवद्ध छ ।  जलवायु संरक्षणका लागि कोभिड-१९ राहत कोष असफल भएपछि र बजेटको अवरोधका कारण यस विषयमा वार्ता हालसम्म रोकिएको छ । 

हालका योजनाले बाल बीमा योजनाभन्दा प्रशासनिक सुधारका लागि बढी जोड दिइरहेको आर्थिक तथा सामाजिक अनुसन्धान संस्थानका वैज्ञानिक निर्देशक बेटिना कोहलरौसले बताए।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ४ : ०३ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै