कर्जन्हा नगरपालिकाका पूर्वमेयर पासवान सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

कर्जन्हा नगरपालिकाका पूर्वमेयर पासवान सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान सहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल सहित ५ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ ।

नगरपालिकाका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविण कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मीरपाण्डे एण्ड कम्पनीरड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै १ करोड आठ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।

०७८-७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरू अनियमितता गरेको आयोगको ठहर छ । उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पुरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साबिक कर्जन्हा गाविसको कार्यालयबाटै कार्यालय सञ्चालन गर्नु भनेर जारी गरेको आदेश विपरीत प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानिरनोक्सानी पुर्‍याएको आयोगले आरोप पत्रमा दाबी गरेको छ ।

निर्माण व्यवसायीले भवन निर्माणका लागि पेस्की भुक्तानी लिएको थियो । तर निर्माण कार्य सुरु नगरेको, पेस्की भुक्तानी ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरेको र फिर्ता दाखिला नगरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ५ : १८ बजे

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच