कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि « Khabarhub

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२० सिरिजको पहिलो खेल शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा सुरु हुनेछ।

नेपालको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्ने वेस्ट इन्डिज ‘ए’ टिममा अनुभवी खेलाडी समेटिएका छन्। वेस्ट इन्डिजले नेपालसँगको प्रतिस्पर्धाका लागि ३२ वर्षीय रोस्टन चेसको कप्तानीमा टिम नेपाल पठाएको छ।

कप्तान चेस वेस्ट इन्डिजका अनुभवी खेलाडी हुन्। उनले अहिलेसम्म ४९ टेस्ट खेलिसकेका छन्। ४५ एक दिवसीय खेल खेलेका उनले ११ वटा टी–२० प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। नेपाल भ्रमणमा कप्तान चेस सबैभन्दा अनुभवी खेलाडी हुन्। उपकप्तान एलिक एथानाजेसमेत अनुभवी खेलाडी हुन्।। उनले ४ टेस्ट र १० एकदिवसीय खेल खेलेका छन्। टोलीमा सन् २०१६ को विश्वकप खेलेका जोनसन चार्ल्ससमेत छन्।

वेस्ट इन्डिजका कप्तान रोस्टन चेस । तस्बिर : क्यान

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीमा कप्तान चेससहित एलिक एथानाजे (उपकप्तान), जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, फबिएन एलेन, कदीम एलियन, जोसुवा विशोप, केसी कार्टी, मार्क दयाल, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स सहभागी छन्।

नेपाल आएका वेस्ट इन्डिजका खेलाडीमा जोनसन शीर्षक्रमका ब्याट्सम्यान हुन्। ओबेद, किमो, ओसान तीव्र गतिका बलर हुन् भने कप्तान चेस अलराउण्डर हुन्। वेस्ट इन्डिज ‘ए’ टिममा आईपिएल खेल्न नगएका र राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका अधिकांश खेलाडी समेटिएका छन्।

आईसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपालले घरेलु मैदानमा दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिज प्रतिस्पर्धा गर्न लागेको हो। क्रिकेट इतिहासमै वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गरेको हो।

नेपाली टिममा कप्तान रोहितकुमार पौडेल

नेपाली टिममा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी, लोकेश बम र आकास चन्द छन्।

कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज खेल्नेछ। दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार हुनेछ।

यो पनि पढ्नुहोस्

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ५ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु