पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल « Khabarhub

पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय आन्तरिक पर्यटनको दृश्यावलोकनका लागि रोजाइ परेको छ । तालको प्राकृतिक सौन्दर्यले विशेषगरी आन्तरिक पर्यटक आकर्षित बनेको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए।

समुद्री सतहदेखि चार हजार ८६० मिटर उचाइमा रहेको उक्त ताल चार हजार २८० मिटरमा फैलिएको छ । उक्त ताललाई दूधकुण्ड प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको रूपमा पनि लिने गरिएको छ । ताल नजिकबाट देखिने सुन्दर हिमतालले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेको वडाध्यक्ष महताराको भनाइ छ ।

विशेगरी दसैँ–तिहारको विदामा घर आएका आन्तरिक पर्यटक हिमाली मनोरञ्जन र दृश्यावलोकनका लागि त्यहाँ पुग्ने गरेको पाइएको छ । त्यस क्षेत्रमा यात्रुको सहजताका लागि पर्यटकीय पूर्वाधार विकास गर्नसके पर्यटन प्रवर्द्धन र स्थानीयको आयस्तर बढ्न सक्ने अपेक्षा गरिएको वडाध्यक्ष महताराले बताए।

उक्त ताल हिमालको काखमा रहेकाले त्यसमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको त्यहाँ पुगेका तिला गाउँपालिका–१ दलबहादुर परियारले बताए।

पछिल्लो ताल नजिकसम्म पुग्नका लागि गुठिचौर–१ मौरेसम्म सडक निर्माण गरिएको छ । सडक पुगेको स्थानबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदयात्र गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा सहजताका लागि व्यवस्थित पदमार्ग निर्माण गर्न बजेटको आवश्यकता परेको वडा कार्यालयले जनाएको छ ।

पछिल्लो समय तालको अवलोकन, घुमघाम, श्रव्यदृश्य अवलोकन तथा वृत्तचित्र निर्माण गर्नेलगायत प्रयोजनका लागि दैनिक चारदखि पाँच समूहमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको स्थानीयवासी दीपक बोहोराले बताउँछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ३ : ४० बजे

नारायणगढ–मुग्लिङ सडकमा जाम (तस्बिरहरू) 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक

पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल

जुम्ला– जुम्लाको गुठिचौर गाउँपालिका–१ मा रहेको आकासे ताल पछिल्लो समय

पटका बरामद

वीरगन्ज (पर्सा)- प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब रु तीन

पर्साबाट चार दिनमा साढे तीन लाखका पटाका बरामद

वीरगन्ज- प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट चार दिनको अवधिमा करिब तीन

नयाँ संसद्सँगै नेतान्याहुलाई राजनीतिक चुनौती थपिँदै

एजेन्सी– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद् गठनसँगै राजनीतिक दबाब