बन्दीपुरमा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम « Khabarhub

बन्दीपुरमा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  बन्दीपुर गाउँपालिकामा  ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत पर्यटन प्रवर्द्धनको काम गर्न गण्डकी प्रदेश सरकारले गाउँपालिकालाई परिपत्र गरेको छ । 

‘पहाडकी रानी’ उपनाउँले परिचित यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण गर्न लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए। 

गत माघ २६ गते गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखरा र गाउँपालिकाबीच सम्झौता भएको थियो । उनले भने, ‘प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा यस क्षेत्रका पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी काम गर्न लागेका हौँ ।’

मुख्यमन्त्री कार्यालय पोखराबाट रु ७५ लाख र गाउँपालिकाबाट २८ लाख ९५ हजार तीन सय गरी कूल एक करोड तीन लाख ९५ हजार तीन सय बजेट विनियोजन गरिएको छ । 

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि नमुना कार्यक्रमअन्तर्गत ‘कल्चर’, ‘एडभेन्चर’ र ‘नेचर’ गरी तीन क्षेत्रमा कार्यक्रम गरिनेछ । उहाँका अनुसार चालु आर्थिक वर्षको असार १५ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ । 

गाउँपालिका-१, २ र ४ मा पर्यटन प्रवर्द्धनका काम गरिनेछ । अध्यक्ष थापाले विशेषगरी बन्दीपुरबाट सिद्वगुफा जाने बाटोमा सिँढी निर्माण कार्यलाई प्राथामिकता दिइएको जानकारी दिए । एसियाकै ठूलो दाबी गरिएको यस गुफा हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । 

बन्दीपुर क्षेत्रमा सौन्दर्यीकरणका काम गरिनेछ । बन्दीपुर बजार क्षेत्रमा फूलसहितको गमला राखेर सुन्दर र आकर्षण क्षेत्र बनाउने योजना छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ५ : २१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट