चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि « Khabarhub

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौले जितको छ ।

भोजपुर फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मीलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै चर्च व्वाईजले उपाधी उचालेको हो ।

हाफ टाईमको पहिलो खेलमा चर्च व्वाईजका जर्सी नं १२ का अरमन्दले १८ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै आर्मीको तर्फबाट जर्सी नंं ५९ का अनिल बम्जनले ५० औँ मिनेटमा जवाफी गोल फर्काएर खेललाई बरावरी बनाएका थिए ।

खेल बरावरी भएसंगै खेल निकै आक्रमक बनेको थियो । खेल निकै आक्रमक बने खेलको निर्धारित समय सम्म पनि एक एक गोल वोहेक कुनै गोल गर्न नसकेपछि खेल ट्राईबेकरमा गएको थियो ।

यस्तै ¬व्यक्तिगत विधातर्फ म्यानअफ द म्याच र वेष्ट किप्पर चर्च व्याइचका दिप कार्की, वेष्ट कोज रमेश दंगाल, सर्वोकृष्ट खेलाडी सुदिप गुरुङ घोषित भए । प्रतियोगिताको विजेता चर्च ब्वाइजले ट्रफी सहित नगद रु ५ लाख प्राप्त गरेका छन् भने उप–विजेता त्रिभुवन आर्मीले ट्रफी सहित नगद रु ३ लाख पाएका छन् ।

बैशाख ९ गतेबाट सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : १२ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण