पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको ज्यामरुककोट « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको ज्यामरुककोट


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ ।

ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए ।

‘बेनीमा आउने पर्यटकको बसाई लम्बाउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ’, उनले भने, ‘पूर्वाधार विस्तारसँगै भक्तजन र पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारले उनीहरुलाई सहज बनाएको छ ।’

प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ ।

३८ मिटर लामो र दुई मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको खड्कभवानी कोत मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।

पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटक बस्न १० बेञ्च राखिएका छन् । यसअघि प्रदेश सरकारको १५ लाखको लागतमा भकुुण्डेदेखि खड्गभवानी कोतघर परिसरमा पुग्ने तीन सय आठ मिटर पक्की पदमार्ग निर्माण गरिएको पूर्ववडाध्यक्ष हीराबहादुर थापाले बताए ।

प्रदेश सरकारकै १० लाखबाट कन्थरथानतर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण गरिएको छ । कोतघर परिसरमा पाँच लाखमा गणेशको मन्दिर बनाइएको छ ।

कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएका छन् ।

पन्धौँ शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटकीय गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएका हुन् ।

यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियारसमेत छन् । ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला, इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै यथावत् छन् ।

समुद्री सतहदेखि एक हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, सदरमुकाम बेनी बजार, पञ्चकोट तथा विभिन्न ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ९ : २१ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली