बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै « Khabarhub

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफलपश्चात् पारित भएको थियो ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ । सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ ढङ्गका कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  १० : ४७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार