ठाकुरमोहनमाथि कुटपिट गर्नेलाई उन्मुक्ति, ज्ञानेन्द्र शाहीको आपत्ति « Khabarhub

ठाकुरमोहनमाथि कुटपिट गर्नेलाई उन्मुक्ति, ज्ञानेन्द्र शाहीको आपत्ति


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गर्नेहरुलाई उन्मुक्ति दिएको छ ।राप्रपाको जारी केन्द्रीय समिति बैठकले चार वर्षका लागि निलम्बन गरिएका तीन जनालाई सोमबार उन्मुक्ति दिएको हो । 

गत फागुन २७ गते राप्रपा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केन्द्रीय सदस्य श्रेष्ठमाथि कुटपिट भएको थियो ।उक्त घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई गरिएको निलम्बन फुकुवा गरिएको प्रवक्ता मोकनकुमार श्रेष्ठले बताए । 

‘ठाकुरमोहन श्रेष्ठसहित पार्टीको शीर्ष नेतृत्व सामु उहाँहरुले आत्मआलोचना गर्दै माफी मागेपछि कारबाही फुकुवा गरिएको हो,’ उनले खबरहबसँग भने ।  

राप्रपाको जारी केन्द्रीय समिति बैठकको पहिलो दिन उनीहरूको निलम्बन फुकुवा गर्नुपर्ने माग उठेको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्दै गर्दा दुई महामन्त्रीसहित ८–९ जना केन्द्रीय सदस्य उठेर सांकेतिक विरोध जनाएका थिए । विरोध जनाउने महामन्त्रीमा डा. धवलशम्शेर राणा र कुन्ती शाही रहेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार हातपात गर्ने तीनैजनाले शीर्ष नेताको उपस्थितिमा ठाकुरमोहनसँग माफी मागेका छन् । त्यसपछि आजको बैठकमा ठाकुरमोहनले आफूमाथि हातपात गर्नेहरूलाई माफी दिएको घोषणा गरेको स्रोतले बतायो ।

यसैबीच राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही भने नेतामाथि कुटपिट गर्नेमागि गरिएको कारबाही फुकुवाप्रति असन्तुष्ट बनेका छन् । उनी जारी केन्द्रीय समिति बैठक छोडेर हिँडेका छन् । स्रोतका अनुसार ठाकुरमोहनलाई महामन्त्री विक्रम पाण्डेले दबाबमा राखेर माफी दिन लगाएको आशंकामा शाहीले बैठक छाडेका हुन् । 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ३ : ११ बजे

एमालेमा अनेक हुन्छ : आफ्नै निर्देशनविपरीत अन्तिम समयमा ओलीको हस्तक्षेप, मन्त्रीको शपथ लिन तयार भएकाहरू जिल्लिए

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुन्डूबाट सुदूरपश्चिम

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत्

ट्राफिक प्रहरीको कारबाहीमा परे श्रमसंस्कृतिका अध्यक्ष हर्कराज राई, तिराइयो जरिवाना

काठमाडौं- प्रहरीले श्रमसंस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरपालिका-१८ निवासी हर्कराज राईलाई

निश्चित समय आन्तरिक उत्पादनलाई संरक्षण गर्न केही क्षेत्रमा कर लगाएका हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्रोत, समय र अपेक्षाको चापकाबीचमा