ठाकुरमोहनमाथि कुटपिट गर्नेलाई उन्मुक्ति, ज्ञानेन्द्र शाहीको आपत्ति « Khabarhub

ठाकुरमोहनमाथि कुटपिट गर्नेलाई उन्मुक्ति, ज्ञानेन्द्र शाहीको आपत्ति


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठमाथि हातपात गर्नेहरुलाई उन्मुक्ति दिएको छ ।राप्रपाको जारी केन्द्रीय समिति बैठकले चार वर्षका लागि निलम्बन गरिएका तीन जनालाई सोमबार उन्मुक्ति दिएको हो । 

गत फागुन २७ गते राप्रपा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केन्द्रीय सदस्य श्रेष्ठमाथि कुटपिट भएको थियो ।उक्त घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई गरिएको निलम्बन फुकुवा गरिएको प्रवक्ता मोकनकुमार श्रेष्ठले बताए । 

‘ठाकुरमोहन श्रेष्ठसहित पार्टीको शीर्ष नेतृत्व सामु उहाँहरुले आत्मआलोचना गर्दै माफी मागेपछि कारबाही फुकुवा गरिएको हो,’ उनले खबरहबसँग भने ।  

राप्रपाको जारी केन्द्रीय समिति बैठकको पहिलो दिन उनीहरूको निलम्बन फुकुवा गर्नुपर्ने माग उठेको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्दै गर्दा दुई महामन्त्रीसहित ८–९ जना केन्द्रीय सदस्य उठेर सांकेतिक विरोध जनाएका थिए । विरोध जनाउने महामन्त्रीमा डा. धवलशम्शेर राणा र कुन्ती शाही रहेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार हातपात गर्ने तीनैजनाले शीर्ष नेताको उपस्थितिमा ठाकुरमोहनसँग माफी मागेका छन् । त्यसपछि आजको बैठकमा ठाकुरमोहनले आफूमाथि हातपात गर्नेहरूलाई माफी दिएको घोषणा गरेको स्रोतले बतायो ।

यसैबीच राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही भने नेतामाथि कुटपिट गर्नेमागि गरिएको कारबाही फुकुवाप्रति असन्तुष्ट बनेका छन् । उनी जारी केन्द्रीय समिति बैठक छोडेर हिँडेका छन् । स्रोतका अनुसार ठाकुरमोहनलाई महामन्त्री विक्रम पाण्डेले दबाबमा राखेर माफी दिन लगाएको आशंकामा शाहीले बैठक छाडेका हुन् । 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ३ : ११ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा