पशु अस्पताललाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री अधिकारी « Khabarhub

पशु अस्पताललाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री अधिकारी


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

पोखरा महानगरपालिका-१२ मा पशुपन्छीको उपचारका लागि निर्मित ‘मोडेल भेटेरिनरी अस्पतालको आज आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री अधिकारीले आवश्यक स्रोतसाधन र जनशक्ति थप गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले पशुपन्छीको उपचार र कृषकको पशुधन सुरक्षाका लागि नवनिर्मित अस्पताल महत्वपूर्ण हुने बताए । 

हाल रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा भवन निर्माण गरिएको हो । कास्कीका साथै आसपासका जिल्लाका किसानलाई पशु उपचार गर्न तथा आवश्यक परामर्शसम्बन्धी सहजरुपमा सेवा दिने उद्देश्यले अस्पताल निर्माण गरिएको केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताए । 

उनका अनुसार भवन प्रदेश सरकारको रु छ करोड ४४ लाख २० हजार सात सय ७२ लगानीमा बनेको हो । सुविधासम्पन्न साढे दुई तलाको अस्पताल निर्माणका लागि  सिद्धबाबा÷फुल्जोर जेभी स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका चिकित्सक डा अनन्त कोइरालाले सुविधासम्पन्न अस्पताल भवनबाट चाँडै अन्तरङ्ग, बहिरङ्गसहितका सेवा प्रदान गरिने जानकारी दिए। अस्पतालमा प्रयोगशाला, शल्यक्रिया कक्ष, फार्मेसी, रेडियोलोजिकल ल्याबलगायत सुविधा रहने उनले बताए।

समारोहमा प्रदेशका उर्जा जलस्रोत तथा खानेपानीमन्त्री बेदबहादुर गुरुङ, प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा टंकप्रसाद प्रसाईं, पशुपन्छी तथा मत्स्यविकास निर्देशनालयका निर्देशक डा प्रेरणा सेढाईंलगायतले अस्पतालबाट विशिष्टीकृत पशु स्वास्थ्य उपचार सेवा प्रवाह गर्नुपर्ने बताएका थिए । 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ३ : ४१ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा