मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो नुवाकोटको शिवपुरी गाउँपालिका २ छाप घर भइ हाल काठमाडौंको बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र काठमाडौंकै कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

वास्तविक नम्बर परिवर्तन गरी लु ७८ प ६७ ५८  नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित रविन्द्रलाई हिजो दिउँसो ट्राफिक प्रहरीले फेला पारेको थियो । 

रविन्द्रमाथि अनुसन्धान गर्दा उक्त मोटरसाइकल कृष्णबाट लिएको भनी खुल्न आएपछि काठमाडौंको कपनबाट कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा आएका दुबै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए  । 

बागमती प्रदेश-०२-०३२ प ९५ ७१ नम्बरको कालो रंगको २२० सि.सि.को पल्सर मोटरसाइकल काठमाडौंकै टोखा नगरपालिका १० स्थित महादेवटारमा रहेको घर अगाडिबाट हराएको भनि धर्मेन्द्र राईले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।  

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ५ : २१ बजे

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको