गर्मी र वर्षामा फैलिन सक्ने हैजाबाट कसरी जोगिने ? | Khabarhub Khabarhub

गर्मी र वर्षामा फैलिन सक्ने हैजाबाट कसरी जोगिने ?


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  हैजा खासगरी भिब्रियो कलेरा ब्याक्टेरियाबाट हुने रोग हो । दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ।

यो वर्षायामको सिजन र गर्मी सिजनमा हैजा बढी देखिने गर्छ । एक ठाउँबाट सक्रंमण भएका व्यक्ति अन्य ठाउँमा गएर सुरक्षित ठाउँमा दिसा पिसाब गर्दा पनि कीटाणु सर्ने सम्भावना हुन्छ। यसरी हैजा फैलन सक्छ।

यो संक्रामक रोग भिब्रियो कलेरा विशेष गरी खानेकुराबाट लाग्ने या खाएर हुने रोग हो । हात सफा नगरी खाना खाइयो, पर्सनल हाइजिनमा ध्यान दिइएन भने हातको माध्यमबाट शरीरमा कीटाणु प्रवेश गर्छन् । मुख्य रूपमा हातको माध्यमबाट शरीरमा प्रवेश गर्छन् भने खानेकुरामा फोहोरमैला, झिँगा परेको खानेकुरा खायो भने हैजा हुने गर्छ ।

हैजाका लक्षणहरु

हैजा हुदाँ ग्याष्ट्रोएन्टेराइटिस हुने गर्छ । यसले गर्दा बान्ता हुने, लुज मोसन हुने, लुज मोसन हुँदा चौलानी पानी जस्तो पखाला हुने गर्छ। तर, पेट दुख्दैन।

एक दिनमा धेरै पटक बान्ता हुने र पखाला लाग्ने गर्छ। यसको समयमै नियन्त्रण गर्न सकिएन भने जलबियोजन हुन्छ। जलबियोजन भयो भने अन्य अंगमा समेत असर हुन्छ।

अर्को व्यक्तिमा सर्ने माध्यम

संक्रमित व्यक्तिको दिसा पिसाब व्यवस्थापन गर्न सकिएन भने अर्को व्यक्तिमा सर्ने गर्छ। संक्रमित व्यक्तिको दिसा पिसाब जथाभाबी फाल्नु हुँदैन ।

हामीले खानेपानी सुरक्षित छ छैन जाँचेर मात्र पिउनुपर्छ। जारको पानी, बोतलको पानी सफा छ भने मात्र खानुपर्छ। घरमा पनि पानी उमालेर मात्र पिउने गर्नाले अरु जीवाणु पनि नष्ट हुने गर्छन्। हामीले खानेपानीको साथसाथै पर्सनल हाइजिनमा विशेष ध्यान दिनुपर्छ।

खाना खानु भन्दा अघि राम्रोसँग हात धुने र दिशा पिसाब गरिसकेपछि साबुन पानीले राम्ररी हात सफा गरेमा हातको माध्यमबाट सर्ने कीटाणु सर्न पाउँदैनन्। जसले गर्दा संक्रमणको जोखिम कम हुन्छ। जारको पानी पनि उमालेर मात्रै पिउनुपर्छ ।

हैजाको उपचार

हैजाको लक्षण कसैलाई जटिल र सामान्य देखा पर्छ । पखाला हुदाँ कति पटक दिसा भयो । कति पटक वान्ता भयो, कस्तो औषधि प्रयोग गरिरहेको छ भनेर हस्पिटल गइहाल्नु पर्छ । हैजा हुनुको कारण के हो खाना खाएर भएको हो कि ? दूषित पानीको कारणले भएको हो पत्ता लगाएर मात्र उपचार गरिने चिकित्सकहरु बताउँछन् ।

खान सक्ने व्यक्तिहरूलाई जीवनजल खान सकिन्छ, यस्तो बेलामा जतिसक्दो पुर्नजलीय झोल खाने, स्वास्थ्य सुधारको लागि अस्पतालमै बस्ने गरियो भने निको हुन्छ । यदि समयमै उपचार गरिएन लामो समय जलबियोजनको अवस्था आयो भने किड्नी ड्यामेज हुने, किड्नीले काम गर्न नसक्ने साथै अन्य गम्भीर प्रकारका रोग देखा पर्छन् । सबै अस्पतालमा हैजाको उपचार हुन्छ, कतिपय सरकारी अस्पतालमा निःशुल्क उपचार पनि हुने गरेको छ।

हैजा हुनै नदिन अपनाउनुहाेस यि उपायहरु 

हैजाको खोप क्षणिक समयको लागि मात्र हो । यसकाे लागि  हामीले सबै भन्दा पहिले पानीको सरसफाइ सँगै व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। दिसा पिसाब सुरक्षित ठाउँमा बिर्सजन गर्नुपर्छ। बजारमा पाइने खानेकुरा जथाभाबी खानु भएन, खानेकुरा सुरक्षित छ छैन विचार गरेर मात्र खानुपर्छ। सकेसम्म घरमा बनेका खानेकुरा खाने, पानी शुद्ध गरेर खाँदा हैजाबाट बच्न सकिन्छ।

पखाला भएका मानिसहरुलाई अनेक प्रकारका कोकाकोला, फेन्टा, जुस जस्ता अनेक खानेकुरा खानु हुदैन । यस्ता खानेकुराले उल्टो असर गर्छन् । पुनर्जलीय झोल बनाएर खाँदा एकदमै राम्रो हुन्छ। साथै भातको माड, जाउलो, दालको रस, ताजा फलफुलको रस खायो भने पखाला कम हुँदै जान्छ।

घरेलु उपचार

  • पुदिना र कालो मरिच पिसेर आधा चम्चाका दरले तातो पानीमा मिलाई खानाले हैजा निको हुन्छ ।
  • रोगी बस्ने तथा सुत्ने ठाउँमा लसुन फोकेर राखिदिनाले पनि हैजाका कीटाणु नष्ट हुन्छन् ।
  • रोगीलाई सौँफ तथा अलैँची खानाले पनि लाभ मिल्दछ ।
  • पानीमा कपुर मलाई बारम्बार खानाले पनि उपयुक्त हुन्छ ।
  • रोगीको शरीरमा तेल लगाउनुपर्छ । जसले शीघ्र उल्टी तथा दिसा जान बन्द हुन्छ ।
  • एक चम्चा शक्खर, आधा चम्चा नुन, आधा चम्चा कागतीको रस पानीसँग मिलाई बारम्बार रोगीलाई ख्वाउनुपर्दछ जसले शरीरमा पानीको मात्रा पूरा गर्न मद्दत गर्दछ ।
  • काँचो आँपलाई पानीमा उमाली प्याजको रस मिलाउनुहोस् र रोगीको हत्केला तथा तालुमा मालिस गरिदिनुहोस् जसले गर्दा रोगीलाई आराम मिल्दछ ।
  • जाइफललाई थोरै पानीसँग मिलाई पिसेर निधारमा लेपन गरिदिनुहोस् जसले हैजा ठिक पार्दछ ।
  • यदि पिसाब कम आइरहेको छ भने आधा कप पानीमा आधा चम्चा खाने सोडा मिलाई खुवाउनुहोस् जसले पिसाब खुलेर आउन मद्दत गर्दछ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ६ : ०० बजे

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु

भक्तपुर– गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा