काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा | Khabarhub Khabarhub

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ हरेक गल्लीमा भगवानको मूर्ति र हरेक चोकमा मन्दिर देख्न सकिन्छ। त्यति मात्र नभएर पुराना र परम्परागत घरका वास्तुकला पनि आन्तरिक र वाह्य पर्यटक आकर्षणको केन्द्र बन्ने गरेको छ।

काठमाडौँ उपत्यकाका जहाँ विश्व सम्पदामा सूचीकृत सात सम्पदाकेबल एक दिनमै घुम्न सकिने विश्वका कम देशहरुमध्ये एक पनि हो। पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भु महाचैत्य।

पशुपतिनाथको मन्दिर
उपत्यकाको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो पशुपतिनाथ मन्दिर। सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीन धार्मिकस्थलको रुपमा पशुपतिनाथ मन्दिर रहेकोले यो मन्दिर पर्यटकको भ्रमण लिष्टको पहिलो नम्बररमा पर्ने गर्दछ। नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरको छानामा सुन र तामाको प्रयोग गरिएको छ भने यस मन्दिरका चार मुख्य ढोका चाँदीका छन्।

बौद्ध स्तुपा

पशुपतिनाथ मन्दिरबाट करिव १० मिनेटको समयमा पुग्न सकिने अर्को विश्व सम्पदा क्षेत्र हो बौद्ध स्तुपा। विश्वभरका अधिकांश बौद्ध धर्मालम्वीको आस्था र विश्वाससँग जोडिएको बौद्ध स्तुपा पर्यटकको आकर्षणको केन्द्र पनि हो। यस स्तुपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत गरेको हो।

चाँगुनारायण मन्दिर
चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा गरेका हुन्। यो मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा पर्दछ। भक्तपुर नगरबाट ६ किलोमिटर उत्तरमा र काठमाडौँदेखि २० किलोमिटर टाढा रहेको चाँगुनारायण मन्दिर बौद्ध स्तुपाबाट जोरपाटी, मुलपानी हुँदै २० मिनेटमा पुग्न सकिन्छ।

ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको यो मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो।

भक्तपुर दरबार स्क्वायर


चाँगुनारायण मन्दिरबाट जम्मा ६.५ किलोमिटरमा अवस्थित नेपालको ऐतिहासिक धरोहरका रुपमा विश्वसामु परिचित भक्तपुर दरबार धार्मिक र साँस्कतिक हिसाबले पनि निकै महत्वपूर्ण सम्पदाको रुपमा रहेको छ। मल्लकालीन सत्ता संचालनको प्रमुख केन्द्र रहेको भक्तपुर दरबार अहिले भने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

दरबारको वास्तुकला, शिल्पकला र त्यससँग सम्बन्धित किम्बदन्तीले यसलाई अझै सुगन्धित बनाउँने गरेको छ। यहाँको पचपन्न झ्याले दरबार, भगवती मन्दिर, तलेजु भवानी मन्दिर, भूपतिन्द्र मल्लको सालिक, सुनको ढोका सम्पूर्ण आकर्षण केन्द्र हो। भक्तपुर दरबार स्क्वायरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदाको सूचीमा सूचीकृत गरेको हो।

 पाटन दरबार स्क्वायर
काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो। पाटन सहर बरदेवले स्थापना गराएका हुन्।

प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ। यो दरबार क्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो।

पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन्। ती हुन् केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक। यी मध्ये केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो।


भक्तपुर दरबार स्क्वायरबाट ११.५ किलोमिटर र हनुमान ढोका दरबारबाट जम्मा ५.३ किलोमिटर टाढा रहेको पाटन दरबार स्क्वायर सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो।

हनुमानढोका/वसन्तपुर दरबार
हनुमान ढोका वा वसन्तपुर दरबार काठमाडौँ उपत्यकाको ऐतिहासिक दरबारमध्येको एक हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्।

अन्य महत्त्वपूर्ण मन्दिर तथा सम्पदाहरु पनि रहेका छन् जसमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप। यस दरबारलाई सन् १९७९ मै विश्व सम्पदाको सूचीमा सूचीकृत गरिएको हो।

स्वयम्भू महाचैत्य
काठमाडौँ उपत्यकामा रहेको एक प्रसिद्ध बौद्ध चैत्यको रुपमा रहेको सो स्वयम्भू महाचैत्य उपत्यकामा पानी भरिएको बेलामा यहाँ तपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसेर तपस्या गरेका थिए। त्यसपछि वैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्किएर मन्त्र गरी दहमा रोपेका थिए।

अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भू महाचैत्यको उत्पति भएको मानिन्छ।

संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ। मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नुअघि यो भूमिमा बसेर तपस्या गरेको उल्लेख पाइन्छ।

स्वयम्भूलाई हिजोआज मंकी टेम्पलको रुपमा पनि चिनिन्छ। विदेशी र स्वदेशी दुवै पर्यटकको रोजाइमा पर्ने स्वयम्भू महाचैत्य पनि सन् १९७९ मै विश्व सम्पदामा सूचीकृत भएको हो।


यसरी करिब एकै दिनमा सात विश्व सम्पदा घुम्नका लागि भने मोटरबाइक वा ट्याक्सीको प्रयोग गर्नु पर्ने हुन्छ। यी सम्पूर्ण स्थानमा सार्वजनिक सवारीहरुबाट पनि जान सकिन्छ। तर सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सात सम्पदा घुम्न समय नपुग्न सक्छ। -फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ७ : ४६ बजे

सरकारको काममा निराश विपक्षी, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर राष्ट्रपतिलाई भेट्ने 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी

आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

काठमाडौं– आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–  सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ ।

महन्थ ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि… 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरूको बैठकमा

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दो

काभ्रेपलाञ्चोक – पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति