वीरगञ्ज भन्सारको कारोबार घट्यो | Khabarhub Khabarhub

वीरगञ्ज भन्सारको कारोबार घट्यो


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयमार्फत हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । 

गत आर्थिक वर्षमा विदेशीमुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिंदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा समग्र यो नाका हुँदै हुने वैदेशिक व्यापार नै खुम्चिन पुगेको हो ।

आव २०८०-८१ मा यो नाका हुँदै ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार बराबरको वस्तु तथा सामान आयात भएको छ । जबकी आव २०७९-८० को तुलनामा गत आवमा मात्रै आयात १२.८५ प्रतिशतले घटेको छ । आव २०७९-८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो ।

 विश्वका एक सय १२  मुलुकबाट नेपालमा विभिन्न खालका वस्तु तथा सामान आयात हुने गर्छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले गत आवमा समग्र मुलुकभरि आर्थिक शिथिलताको कारणले वैदेशिक व्यापार खुम्चिएको बताए ।

‘गत आवमा समग्र मुलुकभरिको अर्थतन्त्र सुस्ताएको कारणले आयात र निर्यात दुवै खुम्चिएको छ,’ उनले भने ,’अघिल्लो आवको तुलनामा गत आवमा आयात घटेपनि भन्सारका अन्य सूचक पनि राम्रो भएकाले केही मात्रामा राजस्व संकलनमा वृद्धि भएको छ ।’

कार्यालयका अनुसार गत आवमा आयात मात्रै होइन, वीरगञ्ज भन्सार कार्यालय हुँदै विदेशी मुलुकमा हुने निर्यातमा पनि गिरावट देखिएको छ । गत आवमा  ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार मूल्य बराबरका नेपाली सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

 जबकी अघिल्लो आव २०७९-८० मा यो नाकाहुँदै  ३७ अर्ब २३ करोड १८ लाख ७४ हजार मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ दशमलव ४४ प्रतिशतले निर्यातमा कमी आएको छ ।  यो नाका हुँदै करिव ६० मुलुकमा विभिन्न नेपाली उत्पादन निर्यात हुने गर्छ ।

आव २०७९-८० को तुलनामा यो नाका हुँदै हुने वैदेशिक व्यापारमा १२ दशमलव ९३ प्रतिशत गिरावट आएको छ ।  आव २०८०-८१ म यो नाका हुँदै छ खर्ब ४१ अर्ब १३ करोड ८२ लाख ४१ हजारको वैदेशिक व्यापार भएको थियो ।

 जबकी अघिल्लो आव २०७९-८० मा भने यो नाका हुँदै कुल वैदेशिक व्यापार सात खर्ब ३६ अर्ब ३५ करोड २५ लाख ४३ हजार रहेको छ । यो नाकाबाट हुने वैदेशिक व्यापारमध्ये आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १२ : ४१ बजे

जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको

भोजपुरका किसानलाई धान थन्क्याउन चटारो

भोजपुर– यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैं–तिहार

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी– रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

इलामबाट उद्धार गरिएको कालो चितुवा चिडियाखानामा (तस्बिरहरू)

काठमाडौं– जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा हाल इलाम जिल्लाबाट उद्धार गरिएको कालो

वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा भाइरसको परीक्षण

काठमाडौं– वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको