प्राविधिक सीप र क्षमता विकासका लागि ‘एनएफपिजे’ को तालिम « Khabarhub

प्राविधिक सीप र क्षमता विकासका लागि ‘एनएफपिजे’ को तालिम


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को आयोजनामा दुईदिने व्यक्तित्व विकास तथा ‘फ्ल्यासफोटोग्राफी’ तालिम सम्पन्न भएको छ ।

एनएफपिजे नेपालको केन्द्रीय समितिका १३ जना फोटोपत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्राविधिक सीप र क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य भएको बताए ।

अध्यक्ष वन्तले विभिन्न सन्चार माध्यममा आवद्ध फोटोपत्रकारहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने र नेपालमै बसेर फोटोपत्रकारितामार्फत विश्वलाई नेपालबारे जानकारी दिन सकिन्छ भन्ने विश्वास जगाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा नेपालभरका फोटोपत्रकारलाई यस्ता तालिम उपलब्ध गराउन एनएफपिजे नेपाल लागिपर्ने बताए ।

दुईदिने तालिममा नेपाल फोटोग्राफर महासङ्घका महासचिव डिगम्वर राजवंशीले क्यामेरामा प्रयोग हुने फ्ल्यास कसरी प्रयोग गर्ने र विश्वमा उपलब्ध फ्ल्यासबारे जानकारी गराए । 

त्यस्तै, व्यक्तित्व विकाससम्बन्धी अक्षरा स्कुलका प्रमुख कार्यकारी  अधिकृत तथा ‘मोटिभेसनल स्पिकर’ राजेश शर्माले संस्थाको हकहित साथै कसरी फोटोपत्रकारको व्यक्तित्व विकास गर्न सकिन्छ भन्ने विषयमा प्रवचन दिए। 

उनले आत्मविश्वास बढाउने ‘पहिरन’ कसरी लगाउने, भोलिका दिनमा कसरी आफूलाई गुणस्तरीय फोटोपत्रकारितामा सहभागिता गराउने भन्नेमा तालिममा सहभागीलाई जानकारी गराए ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ६ : ०९ बजे

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,