रोगको जोखिमले विकराल बन्दै गाजा | Khabarhub Khabarhub

रोगको जोखिमले विकराल बन्दै गाजा


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले पनि त्यसको प्रतिकार स्वरूप अर्को आक्रमण सुरु गरेको थियो। त्यो हवाइ आक्रमणले जनजीवनदेखि हरेक क्षेत्रमा असर परेको छ। शिक्षा, क्यारियर र सहज जीवन त गाजामा एकदमै टाढाको विषय भएको छ, त्यहाँ बाच्नु नै पुरुषार्थ बनेको छ।

पछिल्लो समय यत्ति धेरै खराब अवस्था आइसकेको छकी रोगको सङ्क्रमणसम्मको जोखिम पनि प्रत्येक दिन बढ्दो छ। पानी धमिलो हुन थालेको छ। चिकित्सकले चेतावनी दिइसकेका छन्। भूमध्य सागरीय क्षेत्रमा यो समस्या सबैभन्दा धेरै बढेको हो। डयर अल बलाहको तटीय क्षेत्रमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले स्याटलाइटबाट लिएका दृश्यमा दूषित पानी र खराब वातावरणीय अवस्था प्रस्ट देख्न सकिन्छ।

डेयर अल बलाहका आपत्कालीन प्रमुख अबु याजन स्माइलका अनुसार यसको मूल कारण विस्थापितको सङ्ख्या थेग्नै नसक्ने हुनु पनि हो। यसरी विस्थापित भएकाले पानीको अभाव भएपछि आकाशे पानीलाई आफ्नै ढङ्गले पाइपको प्रयोग गरेर उपयोग गर्न सुरु गरेका छन्।

प्याक फर पिस अर्गनाइजेसनका प्रमुख विम जियाङवर्गका अनुसार खेर गएको पानी धेरै नै भीड भएको स्थानबाट समुद्रतर्फ गइसकेको छ। यसरी गएको पानीका कारण समुद्र सतहमा समेत असर पर्न थालेको छ।

अगस्ट २ का दिन स्याटलाइटबाट दुई वर्ग किलोमिटरको दृश्य लिइएको थियो। सो दृश्य हेर्दा जुन महिनादेखि समस्या बढेको थियो। सो समस्या विस्तारै बढ्दै गएको हो। तटीय क्षेत्रमा पछिल्लो समय कसरी भीड बढीरहेको छ भन्ने विषय चाहिँ त्यो स्याटलाइट दृश्यबाट देखाइएको छैन। जुन महिना संयुक्त राष्ट्र सङ्घको वातावरण प्रतिवेदन अनुसार इजरायलले गरेको आक्रमणका कारण खेर गएको पानीको व्यवस्थापन गर्ने संरचना नास भएका छन्।

जुन महिना संयुक्त राष्ट्र सङ्घको वातावरण प्रतिवेदन अनुसार इजरायलले गरेको आक्रमणका कारण खेर गएको पानीको व्यवस्थापन गर्ने संरचना नास भएका छन्।

कोगाटमा रहेको इजरायली रक्षा मन्त्रालयको निकाय कोगाटले पनि यसलाई हेरिरहेको छ। साथै गम्भीरतापूर्वक लिइरहेको जनाएको छ। कोगाटले पछिल्लो महिना पानीको इनार र डिस्यालिनेसनको काम गरिरहेको छ। गाजाँको फोहोर व्यवस्थापनको वास्तविक अवस्था धेरैलाई थाहा छैन। तथापि अत्यन्त खराब रहेको भने सबैलाई थाहा छ। इजिप्टले इजरायली सेनाको साथमा स्वतन्त्र सञ्चार माध्यमलाई पनि त्यस क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ।

गाजामा २५ वर्षमा पहिलो पटक पोलियो रोग देखा परेको छ। सो रोगका कारण एक १० वर्षीय बालकलाई पोलियो भएको छ। संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनले पनि अहिले कमसेकम दुई पटक एक साताका लागि युद्ध विरामको प्रस्ताव अघि सारेका छन्। त्यसो भएमा ६ लाख जनालाई भ्याक्सिन लगाउन सकिने छ।

त्यहाँको अवस्थालाई ध्यानपूर्वक हेर्नेहरूले नियमित र व्यवस्थित रूपमा सहयोग र अन्य आवश्यक कुरा लैजान कठिन भए पनि भ्याक्सिनका कारण धेरै हदसम्म समस्याको न्यूनीकरण गर्ने कुरामा सहमत छन्। तर ध्वस्त भएको गाजाको स्वास्थ्य संरचनाले  भ्याक्सिनेसन कार्यक्रमलाई अझ चुनौतीपूर्ण बनाएको छ।

कोगाटले भने त्यस क्षेत्रमा स्वास्थ्य सहयोगमा कुनै अवरोध नभएको जनाएको छ। कोगाटले त्यस क्षेत्रमा ६० हजारलाई भ्याक्सिनको व्यवस्था गर्ने जनाएको छ। त्यहाँ १० लाखलाई भ्याक्सिनको आवश्यकता हुनसक्छ। अक्सफाम च्यारिटीले खराब पानीका कारण गाजामा अहिले नै एक चौथाई बिरामी भइसकेको जनाएको छ। अक्सफामका पानी तथा फोहोर व्यवस्थापन विशेषज्ञ लामा अब्दुल समाद अवस्था धेरै नै खराब भइसकेको बताउँछन्। उनकै अवस्था अझ धेरै भयावह अवस्थाको सङ्घारमा त्यो क्षेत्र छ। पोलियो मानिसमा जन्मने रोग हो। फोहोर व्यवस्थापनसँगको यसको प्रत्यक्ष सम्बन्ध छ। फोहोर व्यवस्थापन संरचना नासिएपछि बाटोमा नै ढल जमिरहेको दृश्य छरपस्ट देखिन्छ। अहिले गाँजा दुर्गन्धित भएको छ।

स्याटलाइटबाट लिइएको फोटोले पनि गाजाको अवस्था एकदमै धेरै खराब भइसकेको चित्रित गर्छ। आफैले सफा पानीको व्यवस्थापन गर्ने गाजाका सेख सदवान लागोन समेत अहिले फोहोर पानीको समस्यामा परेका छन्। उनको अवस्था नै खराब भएको डा. सामद बताउँछिन्।
दुरावस्थाको भिडियो सार्वजनिक भएका छन्। यसमा कसैको चासो नै नभएको होइन। तथापि दीर्घकालीन समाधानको बाटोमा अघि बढ्न कोही तयार छैनन्।

चार दिन अघि संयुक्त राष्ट्रिय सङ्घीय सुरक्षा परिषद्ले गाजामा युद्ध विरामको प्रयास सुरु गरेको थियो। ‘अहिले हामीलाई युद्ध विराम चाहिएको छ,’ मध्यपूर्व शान्ति प्रक्रियाका संयोजक टर विन्सल्यान्डले भने। उनले अहिले हरेक व्यक्ति र समुदाय गाजाको युद्ध विरामका लागि सक्रिय हुनुपर्नेमा समेत जोड दिए। दुई लाख भन्दा बढी व्यक्ति आफ्नो वासस्थानबाट बाहिरिनु दृश्य दुखद भएको उनले बताएका छन्। उनले त्यहाँको ‘ग्राउन्ड अवस्था’ सहयोगका लागि एकदमै प्रतिकुल रहेको बताउँदै ध्वस्त भएको संरचना पुन तयार हुनका लागि दशक होइन शताब्दी समेत लाग्न सक्ने कुरामा जोड दिए।

अहिले युद्ध विरामको प्रयास भइरहेको समयमा आइतबार थप निराशा पैदा भएको छ। अहिले अमेरिकी प्रतिनिधिमण्डल इजिप्टको कायरोमा रहेर यसको तयारी गरिरहेको छ। अमेरिकी प्रस्तावलाई हमासले अस्वीकार गरीसकेको छ। प्रक्रिया अघि बढाउन अमेरिकी र इजिप्टका अधिकारीले इजरायली अधिकारीसँग भेट गरेका छन्। यस साताको अन्त्यसम्ममा निष्कर्षमा पुग्ने अपेक्षा उनीहरूको छ। कतार र इजिप्टका अधिकारीले हमासका वरिष्ठ अधिकारीसँग भेट गरिसकेका छन्। त्यो घटना र वार्ताका मुद्दाका सबै विषय बाहिर आएका छन्। तर फिलाडेल्फी कोरिडोको विषयमा अहिले वार्ताको केन्द्र बनेको छ। त्यहाँबाट इजरायल फिर्ता पठाउने विषयमा नै सहमति हुन सकेको छैन।

धेरै समीक्षकको मतमा गाजामा युद्ध रोकिन धेरै कठिनाइ छन्। यसका बाबजुद अहिलेका लागि युद्ध विरामको पक्षमा भने इजरायल छ। इजरायलले ६ साता युद्ध विराममा आफू सहमत हुने जनाएको छ। इजरायलका नेता बेन्जामिन नेतान्याहुले युद्ध विरामको पक्षमा रहे पनि हमासलाई सखाप पार्ने प्रतिबद्धतामा आफू अडिग रहेको बताइसकेका छन्।

१० महिनाको यो युद्धले धेरै क्षति व्यहोरेको छ। अहिले इजरायलका लागि हमास मात्र होइन, हिजबुल्लाह समेत थपिएको छ। यसले त्यस क्षेत्रमा थप क्षति पुग्ने छ। भत्किएको भौतिक संरचना तथा बाल बालिकाको असुरक्षित जीवन भने सबै भन्दा चासो र चिन्ताको विषय बन्न थालेको छ।

स्रोतः बिबिसी, सिएनएन वेब रिलिफ

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ९ : ५७ बजे

स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा : मन्त्री पौडेल

पाटन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर

आजका समाचार : धरहरा खुल्दै, उपनिर्वाचन मंसिर १६ मा र प्रसाईंलाई पक्राउ पुर्जी

गठबन्धनको न्यूनतम साझा कार्यक्रम कार्यदलले प्रधानमन्त्रीलाई बुझाउँदै नेपाली कांग्रेस र

रविको प्रस्ताव : प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, पालिकाको संख्या ५००

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी

संविधानलाई कागजको खोस्टो बनाउँदा नागरिक रिसाए

नेपालको सरकार यतिखेर प्रतिनिधि सभाका दुई ठूला दल नेपाली काङ्ग्रेस

रास्वपाको पहिलो महाधिवेशन आगामी वर्ष वैशाख अन्तिममा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता