टुँडिखेल घटनाबारे रवि लामिछाने- जनताको हस्तक्षेप सुरु भयो, दलहरू सच्चिनुपर्छ | Khabarhub Khabarhub

टुँडिखेल घटनाबारे रवि लामिछाने- जनताको हस्तक्षेप सुरु भयो, दलहरू सच्चिनुपर्छ


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले राजनीतिक दलहरू सच्चिनुको विकल्प नरहेको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन् ।

आमनागरिकले राजनीतिक दललाई चासोसाथ हेर्न थालेको भन्दै उनले हस्तक्षेप नै गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडिखेल घटनाबाट देखिएको बताए ।

लामिछानेले दुईतिहाइको सरकारमाथि ठूलो घण्टी बजिसकेको बताउँदै नतिजामुखी काम गर्न सक्नुपर्ने धारणा पनि राखेका छन् ।

रास्वपाले सदनबाट जनचासोका विषयलाई थप प्रभावकारी ढंगले उठाउने पनि लामिछानेले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ४ : २२ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।