साफ यू–२० च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश « Khabarhub

साफ यू–२० च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  साफ यु २० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बङ्गलादेश भिडदैछन् ।

फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा दिउसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बङ्गलादेश दुवै टोली पहिलो पटक साफ यु २० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् ।

फाइनल अघि मंगलबार एन्फा कप्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली यु २० राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले फाइनलको तयारी निकै राम्रो भइरहेको बताए । उनले बंगलादेशसंग समूहचरणमा निकै राम्रो खेल खेलेको भन्दै फाइनलमा पनि बलियो रणनीतिका साथ मैदान उत्रने धारणा राखे ।

त्यस्तै नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघिका सबै खेलका साथै अभ्यासपनि एन्फा कप्लेक्समा भएका कारण फाइनल सोही मैदानमा खेल्न थप सहज हुने बताए । फाइनलको दबाब झेल्न नेपाली टिम तयार रहेको उनको भनाइ छ ।

त्यस्तै बंगलादेशका कप्तान र प्रशिक्षकले पनि फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । समूह चरणमा दुवै टोली समूह ए मा रहेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ५ : ०९ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन