शिक्षक समयमै उपस्थित गराउन वैतेश्वरका विद्यालयमा ई-हाजिरी  « Khabarhub

शिक्षक समयमै उपस्थित गराउन वैतेश्वरका विद्यालयमा ई-हाजिरी 


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोलखा– शिक्षकहरूलाई समयमै उपस्थित भई नियमित पठनपाठन गराउन दोलखाको वैतेश्वर गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ ।

विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो ।

गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी सुरु गरिएको वैतेश्वर गाउँपालिकाकाका अध्यक्ष छबि लामाले बताए ।

विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा नसुन्न र गुणस्तरीय शिक्षामा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी सुरु गरिएको अध्यक्ष लामाको भनाइ छ ।

गाउँपालिकाले माध्यमिक तहका ८ र आधारभूत तहका ४ वटा विद्यालयमा ई-हाजिर जडान गरेको हो । गाउँपालिकाको हनुमन्तेश्वर मावि, जनज्योति मावि, कालिढुङ्गा मावि, वैतेश्वर मावि, कालिका मावि, विष्णु मावि, जलदेवि मावि, क्षत्रवति मावि तथा आधारभूत तहका ४ वटा विद्यालयहरु कालिदेवि, वुस्ती, धर्मसाला र जाल्पादेवि आधारभूतमा पहिलो पटक विद्युतीय हाजिरी सुरु गरिएको पालिकाका सूचना प्रविधि शाखा प्रमुख मनिक दाहालले जानकारी दिए ।

विद्युत्, कम्प्युटर, इन्टरनेट र अन्य आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेसँगै विद्युतीय हाजिरी सुरु गरिएको उनले बताए ।

शाखा प्रमुख दाहालले विद्यालयमा पुगेर हाजिर जडान गरी शिक्षकहरूलाई प्रणाली प्रयोग सम्बन्धी अभिमुखीकरण समेत दिएका थिए ।

विद्युतीय हाजिरी जडानसँगै शिक्षकले बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ । शिक्षा विकासको विषयलाई प्रमुखताका साथ जोड दिएको गाउँपालिकाले जगदेखि नै सुरु गर्ने गरी कार्य थालनी गरेको गाउँपालिकाले जनाएको छ ।

विद्युतीय हाजिरी जडानपछि शिक्षक नियमित भएको र निगरानी गर्न पनि सजिलो भएको कालीदेवी आधारभूत विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल अधिकारीको भनाइ छ। शिक्षाको गुणस्तर सुधारकै लागि विद्युतीय हाजिरी जडान गरिएको र सामान्य भए पनि केही फरक पर्ने विश्वास गाउँपालिकाले लिएको छ।

गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ । ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तर बाटै छड्के अनुगमन तथा  विद्यालयमा संचालन हुने परीक्षाको अनुगमन गर्ने गरिएको उपाध्यक्ष कल्पना उप्रेतीले बताइन् ।

पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जन गुनासो बढेपछि ई हाजिरीको व्यवस्थापन गरिएको उपाध्यक्ष उप्रेतीको भनाइ छ ।

गाउँपालिकाले वडा कार्यालय तथा स्वास्थ्य चौकी तथा अन्य सरकारी कार्यालयहरूमा पनि ई- हाजिरी लागु गरेको छ।

-सुबास बस्नेत

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ७ : १९ बजे

सेमिफाइनलमा प्रतिष्ठाको लडाइँ : सुपर कम्प्युटर भन्छ फ्रान्स बलियो, हेड-टु-हेडमा स्पेन अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई युरोपेली

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६