देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षा  « Khabarhub

देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा भारी वर्षा 


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । 

हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली भइरहेको छ। कोशी प्रदेशका केही स्थान र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।  

आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

आज राती देखि देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज र भोलि शनिबार मुलुकभर वर्षा हुनेछ । सुदूरपश्चिम बाहेक मुलुकको सबैजसो ठाउँहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । बाढी, पहिरो र डुबानको जोखिम धेरै हुनाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेको क्षेत्रमा विशेष ध्यान पुर्‍याउन आग्रहसमेत गरिएको छ । 

आइतबार बिहानदेखि मौसम पूर्णरुपमा खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ३१ बजे

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर– भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी– कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको