इन्द्रसरोवर भरिएपछि बाँधका ढोका खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह « Khabarhub

इन्द्रसरोवर भरिएपछि बाँधका ढोका खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर ताल भरिन लागेको छ ।

इन्द्रसरोवर ड्याम शुक्रबार साँझ नै भरिने भएपछि ढोका खोल्न लागिएको हो । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोका खोल्नुपर्ने अवस्था आएको छ ।

इन्द्रसरोवर गाउँपालिकाले बाँधका ढोका खोल्न लागिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा सतर्कता अपनाउन भनेको छ । बाँधका ढोका खोल्दा एक्कासि बाढी आउन सक्ने अवस्था भएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन भनिएको हो ।

‘बाँधका ढोका खोल्नुपर्ने परिस्थिति आइसकेकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन अनुरो छ’, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी र प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्कीले शुक्रबार एक सूचना निकाल्दै भनेका छन् ।

पालिकाका अनुसार कुलेखानीको उच्चतम् तह १५३० मिटर हो । शुक्रबार अपरान्ह ४ बजेसम्म बाँधको १५ सय मिटर २६.३५ पानी पुगिसकेको छ। पानीको तह बढ्ने क्रम तीव्र रहेकाले यही दरले बढे शनिबार बिहानसम्म पूरै भरिनेछ । त्यसपछि पानी बाँधबाट पोखिएर तल्लो तटीय क्षेत्रमा जाँदा जनधनको क्षति हुनसक्ने भन्दै पालिकाले सतर्क गराएको हो ।

‘कुलेखानी प्रथम जलविद्युत केन्द्रको जानकारी अनुसार ताल भरिएपछि ओभरफ्लो हुने तथा ड्यामको ढोका जुनसुकै बेला खोल्न सकिने अवस्था आउने भएकोले कुलेखानी खोला आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दाहरू नदी आसपास नजान जानकारी लागि अनुरोध गरिन्छ’, पालिकाले भनेको छ, ‘स्थानीयबासीहरू उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नु हुन सूचना प्रकाशन गरिएको छ ।’

गाउँपालिकाले उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नु र कुनै समस्या परे सिस्नेरी प्रहरी चौकी, खानीखेत प्रहरी चौकी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन केन्द्रमा टेलिफोन सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : ५५ बजे

बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र

सगरमाथाको चुचुरोमा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

काठमाडौं – युवाहरूको नेतृत्व, नवप्रवर्तन र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद्मा दिएको सीमा सम्बन्धी

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार