इन्द्रसरोवर भरिएपछि बाँधका ढोका खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह | Khabarhub Khabarhub

इन्द्रसरोवर भरिएपछि बाँधका ढोका खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण मकवानपुरको कुलेखानीस्थित इन्द्रसरोवर ताल भरिन लागेको छ ।

इन्द्रसरोवर ड्याम शुक्रबार साँझ नै भरिने भएपछि ढोका खोल्न लागिएको हो । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोका खोल्नुपर्ने अवस्था आएको छ ।

इन्द्रसरोवर गाउँपालिकाले बाँधका ढोका खोल्न लागिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा सतर्कता अपनाउन भनेको छ । बाँधका ढोका खोल्दा एक्कासि बाढी आउन सक्ने अवस्था भएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन भनिएको हो ।

‘बाँधका ढोका खोल्नुपर्ने परिस्थिति आइसकेकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन अनुरो छ’, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी र प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद कार्कीले शुक्रबार एक सूचना निकाल्दै भनेका छन् ।

पालिकाका अनुसार कुलेखानीको उच्चतम् तह १५३० मिटर हो । शुक्रबार अपरान्ह ४ बजेसम्म बाँधको १५ सय मिटर २६.३५ पानी पुगिसकेको छ। पानीको तह बढ्ने क्रम तीव्र रहेकाले यही दरले बढे शनिबार बिहानसम्म पूरै भरिनेछ । त्यसपछि पानी बाँधबाट पोखिएर तल्लो तटीय क्षेत्रमा जाँदा जनधनको क्षति हुनसक्ने भन्दै पालिकाले सतर्क गराएको हो ।

‘कुलेखानी प्रथम जलविद्युत केन्द्रको जानकारी अनुसार ताल भरिएपछि ओभरफ्लो हुने तथा ड्यामको ढोका जुनसुकै बेला खोल्न सकिने अवस्था आउने भएकोले कुलेखानी खोला आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दाहरू नदी आसपास नजान जानकारी लागि अनुरोध गरिन्छ’, पालिकाले भनेको छ, ‘स्थानीयबासीहरू उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नु हुन सूचना प्रकाशन गरिएको छ ।’

गाउँपालिकाले उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नु र कुनै समस्या परे सिस्नेरी प्रहरी चौकी, खानीखेत प्रहरी चौकी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन केन्द्रमा टेलिफोन सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : ५५ बजे

बारीमा उम्रिएको च्याउ खाँदा दशजना बिरामी

तनहुँ– बारीमा उम्रिएको च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दशजना

बुमराहले आइपीएलको सुरुवाती खेल गुमाउने

काठमाडौं – जसप्रित बुमराहले यस सिजनको आइपीएलका केही खेल गुमाउने

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरु

डडेल्धुरा– चैत महिना लागेसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरु भएको

कैलालीको मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु

कैलाली– कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु

काठमाडौं तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं – काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको