त्रिशुलीको बाढीले दुई वटा टिप्पर बगायो « Khabarhub

त्रिशुलीको बाढीले दुई वटा टिप्पर बगायो


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई वटा टिप्पर बगाएको छ । नदीमा कामका लागि राखिएका अरू टिपर, एक्सकाभेटर र लोडर पनि बगाउने जोखिममा छन्।

दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चारवटा टिप्पर र दुईवटा एक्साभेटर नदीको बीच भागमा फसेका थिए ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भङ्गालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । लगातारको वर्षा कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ ।

उक्त स्थानमा मान्छे भने नफसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सुपर त्रिशुली हाइड्रोपावर आयोजना नुवाकोटको बुट्टारमा निर्माणाधीन छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : २४ बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल