त्रिशुलीको बाढीले दुई वटा टिप्पर बगायो « Khabarhub

त्रिशुलीको बाढीले दुई वटा टिप्पर बगायो


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई वटा टिप्पर बगाएको छ । नदीमा कामका लागि राखिएका अरू टिपर, एक्सकाभेटर र लोडर पनि बगाउने जोखिममा छन्।

दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चारवटा टिप्पर र दुईवटा एक्साभेटर नदीको बीच भागमा फसेका थिए ।

सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भङ्गालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । लगातारको वर्षा कारण त्रिशूली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ ।

उक्त स्थानमा मान्छे भने नफसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सुपर त्रिशुली हाइड्रोपावर आयोजना नुवाकोटको बुट्टारमा निर्माणाधीन छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : २४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ