आफ्नो र सरकारको विरोधबारे ओलीको टिप्पणी : त्यो भाडामा खटाइएकाहरूको काम हो « Khabarhub

आफ्नो र सरकारको विरोधबारे ओलीको टिप्पणी : त्यो भाडामा खटाइएकाहरूको काम हो


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको कामलाई लिएर पछिल्लो समय विरोध र आलोचना बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसबारे तीतो जवाफ फर्काएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले आफ्नो विरोध गर्नेलाई ‘भाडामा खटाइएकाहरू’ भनेका छन् ।

उनले आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरूलाई पनि जवाफ दिने क्रममा तीतो जवाफ फर्काएका हुन् । ‘भाडामा खटाइएकाहरूले मेरो विरोध गरेका छन्’, उनले भने, ‘सरकारले आफ्नो गतिमा काम गर्दैछ, विरोधले फरक पर्दैन ।’

उनले सम्बोधनका क्रममा लोकतन्त्र भनेको छाडातन्त्र नभएको पनि बताएका छन् । ‘नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, मार्छौँ, काट्छौँ भन्नु छाडातन्त्र हो’, उनले भने, ‘त्यस्ता क्रियाकलाप सैह्य हुन सक्दैनन् ।’

ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने पनि बताए । एमाले र नेपाली कांग्रेससहित मिलेर बनेको वर्तमान सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि कटिबद्ध भएर काम गरिरहेको उनले बताए ।

सरकारले सय दिन पुग्दा उल्लेख्य गतिलो काम नगरेको सन्दर्भमा चर्को आलोचना भइरहेको छ । विकास बजेट खर्चदेखि प्राकृतिक प्रकोपीडिलताई राहतमा समेत सरकारको प्रभावकारी भूमिका नरहेको जनगुनासो छ।

तर ओलीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गर्दै सरकार सफल हुँदै गएको बताएका थिए । सुरुमा केही सुस्त भए पनि सरकारले अब विस्तारै गति लिएर जनमुखी काम गर्ने ओलीले बताएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ४ : २५ बजे

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि