अनुमति नवीकरण नगरी आएको थाइ एयर एसियाको जहाजलाई ‘मानवीयता’का आधारमा अवतरण गराइयो « Khabarhub

अनुमति नवीकरण नगरी आएको थाइ एयर एसियाको जहाजलाई ‘मानवीयता’का आधारमा अवतरण गराइयो


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद गुज्रिसकेको) थाई एयर एसियाको जहाजलाई मानवीयताका आधारमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्न अनमुति दिइएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले केही समय होल्ड गराएपछि बैंककबाट आएको उक्त जहाजलाई अवतरण अनुमति दिएको हो ।

काठमाडौंको आकाशमा एक दर्जन फन्को मारेपछि थाई एयर एसियाको उक्त जहाजला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले जहाजमा सवार यात्रुको जिउज्यानको सुरक्षा र मानवीयताका आधारमा काठमाडौंमा अवतरण अनुमति दिइएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जहाजका यात्रुको सुरक्षालाई ख्याल गर्दै विमानस्थलमा अवतरण अनुमति प्रदान गरिएको बताए ।

भूलले थाई एयरको उक्त जहाजको उडान अनुमति समय सीमा नाघिसकेको छ । तर अहिलेसम्म उसले नवीकरण गरेको थिएन । अनुमति नदिँदा पनि अवतरणका लागि यो जहाज आएको हो ।

लामो समय होल्ड भएपछि यात्रुको जिउ ज्यानको सुरक्षाका लागि अवतरण गराइएको हो । भूलका अनुसार अब यो जहाज चार्टर्ड उडान गरेर बैंकक जाने छ । उडान अनुमति नवीकरण नगरेसम्मलाई उडान अनुमति नदिने चलन छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ४ : ४२ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट