स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाइनेछ : स्वास्थ्यमन्त्री « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाइनेछ : स्वास्थ्यमन्त्री


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्था र प्रभावकारी बनाइने बताएका छन् ।

बुधबार चितवनमा आयोजित कांग्रेसका नेता एवं साविक शक्तिखोर गाउँ विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय बलबहादुर श्रेष्ठको १२ औं स्मृति सभामा बोल्दै मन्त्री पौडेलले अझै पनि स्वास्थ्य बीमा कार्यक्रम पूर्ण हुन नसकेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताए । 

कडा रोग लागेका बिरामीहरूलाई १ लाखको बीमाले कुनै सुविधाको अनुभूति नहुने भएकाले पाँच लाख पुराउने गरि कार्यक्रम ल्याएको उनले बताए । मन्त्री पौडेलले तलब खाने नेपाली नागरिकले आफ्नो तलबबाट दुई प्रतिशत बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी दिए।

राज्यले दिने करबाट शून्य दशमलव ५ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्थाको समेत प्रस्ताव गरेको समेत उनले बताए । उनले स्वास्थ्य बीमामा देखिएका झुटा दावीलाई गैरकानूनी बनाउने र झुटा दावी गराउने अस्पताललाई खारेजी गर्ने गरि कानूनी व्यवस्थाको तयारी भएको धारणा राखे ।

त्यस्तै उनले बलबहादुर श्रेष्ठ जस्ता अग्रजहरूको योगदानबाट प्राप्त लोकतन्त्रको संस्थागत विकास गराउने दायित्व युवाहरूमा आएको पनि बताए ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : ०४ बजे

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका